सर्लाहीको नाढिमन तालमा 'फ्रि वाईफाई'
पर्यटक तान्नका लागि फ्रि वाईफाईको व्यवस्था

२०७५ पुस २७ शुक्रबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको नाढिमन तालमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ । देशका सय उत्कृष्ट पर्यटकीय स्थलमा समावेश गरिएका नाढिमन तालमा पर्यटकलाई आकर्षित गर्नका लागि शुक्रवारदेखि फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।
चन्द्रनगर गाउँपालिका वडा नं. ६ र ७ मा पर्ने तालमा बढीभन्दा बढी पर्यटक तान्नका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले फ्रि वाइफाई राखिएको छ ।
अहिले दैनिक १ सयदेखि १ सय ५० जनाको संख्यामा पर्यटक आउने गरेका छन् । तालमा पर्यटकका लागि बोटिङ्गको व्यवस्था पनि गरिएको छ ।
अहिले ८ वटा खुट्टाले चलाउन मिल्ने ८ वटा डुङ्गा राखिएको छ । एक हप्ता भित्र दुईवटा मोटर बोट ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
फ्रि वाछफाई र मोटर बोट भएपछि पर्यटकको संख्या बढ्ने र स्थानिय तहको आर्थिक अवस्थामा केही सहयोग पुग्ने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…