प्रदेश २ लाई स्वास्थ्यको हब बनाउँछौं : स्वास्थ्यमन्त्री यादव
‘अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी चिकित्सक उत्पादन गर्ने प्रदेश २ नै रहेको ।’

२०७५ पुस २७ शुक्रबार, दिउँसो २:३७ बजे२ मिनेट पढाइ

सिरहा, २७ पौष । प्रदेश २ लाई स्वास्थ्यको हब बनाउने नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । सिरहाको मिर्चैयामा ६ करोड बढी लागतमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रदेश २ नै रहेपनि चिकित्सकले यस प्रदेशमा रहेर काम गर्न नचाहनुका कारण स्वास्थ्य क्षेत्रमा पिछिड्एको बताउँदै प्रदेश २ लाई स्वास्थ्यको दृष्टिकोणले हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
प्रदेश २ स्थास्थ्यमा मात्र नभई शिक्षामा समेत पछि परेको भन्दै विकास गर्नका लागि राज्यद्धारा लगानीको आवश्यकता रहेको औल्याए ।
प्रदेश २ स्थास्थ्यमा मात्र नभई शिक्षामा समेत पछि परेको भन्दै विकास गर्नका लागि राज्यद्धारा लगानीको आवश्यकता रहेको औल्याए । उनले त्यसका लागि सरकार आफ्नो नीति तहत अगाडी बढिरहेको समेत जानकारी गराए ।

मुलुकभरै स्वास्थ्य क्षेत्रका समस्या अन्त्यका लागि सरकार लागिपरेको बताउँदै देशका हरेक नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको जनाए । उनले मुलुकभरैका सबै वडाहरुमा चाँडै नै स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए ।
सो अवसरमा उनले अस्पतालका लागि सिरहाबाट मन्त्रालयमा परेको सबै निवेदन स्विकृत गरेको समेत खुलाए । प्रदेश २ को अन्य जिल्लाका तुलनामा सिरहा स्वास्थ्य क्षेत्रमा पछि परेको भन्दै सिरहालाई विशेष प्राथमिकतामा राखेको बताए ।
त्यसैगरी, नेपाल सरकारका सहरी विकासमन्त्री ईस्तियाक राईनले प्रदेश २ लगायत पछाडी परेका सबै ठाउँको मुहार फेर्न हरेक तवरबाट सरकार लागिपरेको स्पष्ट पारे ।
मिर्चैया नगरपालिका वडा नम्बर ७ मा उद्घाटन गरिएको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन ६ करोड १७ लाख रुपैयाँको लागतमा बनेको अस्पतालले जनाएको छ । दिवा निर्माण सेवा कम्पनीले निर्माण गरेको यो भवन भुकम्प प्रतिरोधात्मक रहेको बताइएको छ ।

मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका मन्त्री उपेन्द्र यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा सहरी विकासमन्त्री ईस्तियाक राईन सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…