अवैद्य क्रसरको रिपोर्टिङ गर्न गएका पत्रकारमाथि नेपाली सेनाले गरे र्दुव्यवहार
मोबाइल र क्यामरामा खिचेको भिडियो र फोटो समेत खोसेर डिलेट

२०७५ पुस २५ बुधबार, बिहान ११:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अवैद्य रुपमा सञ्चालित क्रसरहरुको रिपोर्टिङ गर्न गएका पत्रकारहरु उपर नेपाली सेनाले र्दुव्यवहार गरेको छ । गत पुस २१ शनिबार मध्यरातमा पत्रकारले गोप्य सूचनाको आधारमा बर्दिबास नगरपालिका वडा नं. १३ मा अवैध रुपमा सञ्चालित क्रसरहरुको रिपोटिङ गर्ने क्रममा विजय साहले बर्दिबास—१३ मा सञ्चालन गरेका चुरियाँमाई वासिङ सेन्टरले प्रदेश २ को पृत्तना क्षेत्रभित्र अवैध रुपमा नदि उत्खन्न गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियाँमाई वासिङ सेन्टरमा लगी रहेको अवस्थामा खवर दर्पण राष्ट्रिय दैनिक पत्रिकाका व्यवस्थापक तथा सुर्यदय टेलिभिजनका रिपोटर ललन मण्डल र सामुदायिक रेडियो सुनगाभा बर्दिबासका व्यवस्थापक तथा रातोपाटीकर्मी महोत्तरीका सम्वाददाता निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले दुव्यवहार गरेका हुन् ।
उनले सञ्चारकर्मीद्धयले मोबाइल र क्यामरामा खिचेको भिडियो र फोटो समेत खोसेर डिलेट गरेका छन् । सेनाका मेजरले पत्रकारद्धयसंग “तिमीहरु कहाँबाट आएका को हौँ ?” “हाम्रो अनुमति बिना किन हाम्रो पेरिमिटर भित्र प्रवेश गर्यौ । ” भनी प्रश्न गर्दै अपराधिलाई जस्तो व्यवहार गरेका छन् ।
पत्रकारसंग सेनाका मेजर बस्नेतले चुरियाँमाई वासिङ सेन्टरका सञ्चालक विजय साहसंग क्रसरले सेनाको काम गरेबापत सेनाको पेरिमिटरबाट नदि जन्य पदार्थ उत्खन्न गर्न दिने शर्त राखी सेनाको पेरिमिटर भित्र निर्माणाधिन रहेका अधुरा कामहरु सम्पन्न गर्ने शर्तमा काम गरेको बताए ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र दोषीलाई कारवाही गर्न माग गरेको छ ।
उनले सम्झौता अनुसार नै उत्खन्न भएको बताउदैं सञ्चारकर्मीले आफूहरुलाई अनावश्यक दुःख दिएको उल्लेख गरे । साथै सञ्चारकर्मीलाई प्रलोभन समेत देखाएका थिए ।
घट्नास्थलमा चुरियाँमाई वासिङ सेन्टरद्धारा सञ्चालित ४ वटा ट्रिफर बर्दिबास नगरपालिका भित्र रहेका हात्तीलेट र चौलिखा प्रहरी चौकीबाट खटिएका प्रहरी तथा पत्रकारद्धयको रोहबारमा ना ८ ख २४३७, ना १ क ६८५७, ना १ क ६८५९ नम्बरका ट्रिफर र एउटा नम्बर नखुलेको जेसिभि गरी ४ वटा गाडीलाई नियन्त्रणमा लिइएको थियो ।
ट्रिफर र जेसिभि नियन्त्रणमा लिएपछि नाम नखुलेका ट्रिफर चालकले सेनालाई खवर गरेका थिए । खवर पाएपछि सेनाका मेजरले गाडी नजिक आई डरत्रास देखाई प्रहरीको हातबाट ट्रिफरको साचो खोसेका थिए ।
सेनाका मेजर बस्नेतले आफूले सबै काम पृत्तनापतिकै आदेशमा गरेको जानकारी गराउदैं सेनाको पेरिमिटर भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुंदा आफूहरुले गरेको क्रियाकलाप कानुन संवत रहेको भन्दै प्रहरी तथा सञ्चारकर्मीलाई घटनास्थलबाट फर्काएका थिए ।
घट्नाको विषयमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीद्धय निकेश खनाल र ललन मण्डल माथि नेपाली सेनाका मेजर बस्नेतले गरेको र्दुव्यवहार प्रति घोर भर्तसना गर्दै घट्नाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…