अब जनकपुरमा खुल्यो 'कपडाको बैँक'
जनकपुरधाम, २४ पुस । तराई मधेशमा प्रत्येक वर्ष लाग्ने भयँकर शितलर तथा चिसोलाई मध्यनजर गर्दै जनकपुरमा कपडाको बैँक स्थापना गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सोमबार सम्पन्न भएको सर्वपक्षीय बैठकले जनकपुर क्लोथ बैँक स्थापना गरिएको हो । ती क्लोथ बैँक राजपाका महासचिव राजीव झाको

२०७५ पुस २४ मंगलबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २४ पुस । तराई मधेशमा प्रत्येक वर्ष लाग्ने भयँकर शितलर तथा चिसोलाई मध्यनजर गर्दै जनकपुरमा कपडाको बैँक स्थापना गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सोमबार सम्पन्न भएको सर्वपक्षीय बैठकले जनकपुर क्लोथ बैँक स्थापना गरिएको हो । ती क्लोथ बैँक राजपाका महासचिव राजीव झाको नेतृत्वमा स्थापना गरिएको हो ।
स्थापना गरिएको क्लोथ बैंकको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा पत्रकार पुरन साह र कोषाध्यक्षमा सफाइ अभियानी सुरेश शर्मालाई चयन गरिएको छ । त्यसैगरी एकजना महिला सदस्य तत्काल खाली राखिएको छ भने अन्य सदस्यमा पारस जैन र जनक राय चयन भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कणेललाई बैंकको प्रमुख सल्लाहकार बनाइएको छ । अन्य सल्लाहकारमा प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी उपरीक्षक,जिल्ला समन्वय समिति,नेपाली सेना धनुषा प्रमुख,पत्रकार महासंघ धनुषा,जनकपुर उद्योग बाणिज्य संघ,पुर्ब प्रशासक श्री राम रतन मिश्र रहने प्रबधान बिधानमा राखिएको छ।
कपडा बैँक खुलेपछि सहयोगकर्ताहरुले ती बैँकमा गरिबलाई सहयोग हुने गरी कपडा समेत जम्मा गर्ने जनाएएको छ । क्लोथ बैंकले चिसो छल्नका लागि न्यानो कपडाका साथै जिउमा लगाइने सबै प्रकारका लुगा संकलन गर्ने र आवयश्क परेकालाई सम्पूर्ण विवरण लिएर हस्ताक्षर गराई वितरण गर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…