रक्सी खाने पैसाले बीमा गर्नुहोस् : धुर्मुस–सुन्तली
“रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।”

२०७५ पुस २२ आइतबार, दिउँसो ४:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रक्सी खाने पैसाले जीवन बीमा गर्न सर्वसाधारणलाई सल्लाह दिएका छन् ।
डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित उद्योग वाणिज्य सङ्घको चौरमा आयोजित एक कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भन्नुभयो, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गर्नुभयो ।
दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…