देशमा संघीयता मधेशीले ल्याएको छ : राज्यमन्त्री डिम्पल झा
केन्द्रबाट प्रदेश सरकारलाई हुने सहयोगमा त्रुटी भएको उनको भनाई
२०७५ पुस २१ शनिबार, बिहान १०:५० बजे२ मिनेट पढाइ

जनकपुरधाम, २१ पुस । प्रदेश–२ का प्रदेश सभा सांसद तथा भौतिक पुर्वाधार विकास राज्यमन्त्री एवं राजपाका प्रवक्ता डा. डिम्पल झाले देशमा संघीयता मधेशी दल र मधेशी जनताले ल्याएको जीकिर गरेकी छन् । देशमा संघीयता ल्याउनु मधेशी दल तथा जनताका प्रमुख मुद्दा रहेको भन्दै आएको भने संघीयताले केन्द्र र प्रदेश सरकारबीच दुरी बढाएको भन्दै डा. डिम्पल झाले गुनासो पोखेकी छन् ।
देशमा पहिलो पटक संघीयता आएपछि जनता हर्षीत भएका छन् । देशमा नयाँ नियम केन्द्रले नै बनाउछन र केन्द«द्वारा ढिला सुस्ती भएका कारण संघीयता जनताका लागी अभिषाप बनेको उनले आरोपसमेत लगाएका छन् । साथै केन्द्रबाट प्रदेश सरकारलाई हुने सहयोगमा त्रुटी भएको उनको भनाई छ ।
प्रदेश –२ मा राजपा र संघीय समाजबादी फोरमको मिलीजुली सरकार छ । संघीय सरकारमा जाने फोरमको आफनो स्वतन्त्रता रहेको डा. झाले बताएकी छन् । त्यस्तै राजपामा एक वा बहु–अध्यक्ष हुने राजपाका केन्दि«य कमिटिले निर्णय गर्ने उनले बताइन ।
माननीय राजेन्द्र महतो सर्ब सहमतीले हैन बहुमतले संयोजक बनेका छन् । झगडा त श्रीमान र श्रीमतीमा पनि हुन्छ र मतभेद सबै पार्टीमा छ तर राजपाभित्र कुनै मतभेद नभएको झाले जानकारी दिएकी हुन् ।
त्यसैगरी “बेटी बचाउ बेटी पढाउ” अभियान अन्तर्गत आउने माघ एक गतेदेखि प्रत्येक बालीकाको नाममा एक–एक लाखको बीमा प्रदेश सरकारबाट गरिने भएको छ । “लखपतिया बेटी” नाम भएको सो बीमाको रकम २० वर्षको उमेर कटेपछि लिन पाउने प्रदेश सरकारले निर्णय गरेको डा. झाले जनाएका छन् । आठ जिल्ला मध्धे तीनवटा जिल्लाको घर घरमा चर्पी निमार्ण भइकेको र अगामी केही समयमा प्रदेशभरी घर–घरमा चर्पी हुने प्रदेश २ सरकारको दाबी रहेको समेत उनको भनाई छ ।
यसैबीच, रेशम चौधरीको सपथ सन्दर्भमा बोल्दै उनले जनताबाट छानिएका रेशम चौधरीलाई शपथ खुवाउनु हाम्रो प्राथमिक्ता थियो भने संविधान संशोधन राजपाको प्रमुख एजेण्डा रहेको थपिन् ।
टिकापुर घटना स्थलमा उपस्थित नभए पनि झुठो मुद्दामा जेलभित्र राखिएको सांसद चौधरकिो शपथमाथी अधिकार रहेको डा. झाले दाबी गरिन् । चौधरीलाई शपथ खुवाएर प्रधानमन्त्री ओलीले राम्रो काम गरेको उनको भनाई छ ।
संविधान संशोधन नभए हामी सरकारमा नगई सिंहदरवार र प्रधानमन्त्री कार्यालय घेराउ गर्छौ भन्दै झाले चेताबनीसमेत दिएकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…