शहिदनगरमा 'मदिरामुक्त नगर अभियान', ३०० लिटर घरेलु मदिरा नष्ट
५ जनाको घरेलु मदिरा सेवनकै कारण ज्यान गएको थियो ।

२०७५ पुस २० शुक्रबार, बेलुकी ६:३६ बजे२ मिनेट पढाइ

धनुषा, २० पुस । स्मार्ट सिटीको लागि प्रक्रियामा रहेका कान्छो मेयर उदय कुमार बरबरिया तथा टिमले चलाएको मदिरामुक्त नगर अभियानलाई तीव्रता दिइएको छ ।
सर्वपक्षीय बैठकबाट नगरभित्र खुल्ला मदिरा विक्रीवितरणमा रोक लगाउने निर्णय अनुसार मेयर सहितको टोलीले विहिबार राती हानेको छापाको क्रममा ३०० लिटर घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक भिम बहादुर खडकाले जनाए ।
नगरपालिकाको वडा नं. ३ स्थित अयोधी चौधरी भठ्ठीमा छापा हानेपछि घरेलु मदिरा बनाउने कच्चा पदार्थ सहित तयारी अवस्थामा समेत रहेको उक्त परीमाणको मदिरा सरोकाबालाहरुको रोहबरमा नष्ट गरिएको यदुकूहा शसस्त्र बलका प्रहरी नीरिक्षक शम्भु कटुवालले जनाए ।
नेपाल प्रहरीको जनपद प्रहरी र शसस्त्र प्रहरीको सँयुक्त छापाबाट घरेलु मदिरा बनाउने भाँडा, कच्चा पदार्थ, तयारी मदिरा नष्ट गरिएको हो । मदिरा बनाउन प्रयोग गरिएको चुलो समेत नष्ट गरिएको हो । घरेलु मदिराबाट ज्यान जाने गरेको छ । केही महिना अघि मात्र धनुषाको कमला नगरपालिकामा ५ जनाको घरेलु मदिरा सेवनकै कारण ज्यान गएको थियो ।
नगरलाई मदिरामुक्त बनाउनको लागि चालिएको कदमलाई हातोमालो गरी सबैले सहयोग गरिदिन आग्रह गर्दै अभियानपछि अवैद्य तथा घरेलु मदिरा विक्रि वितरणमा नियन्त्रण पाउन थालिएको दाबी गरिएको छ ।
न्यूज ब्यूरोसँग कुराकानीमा शसस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक कटुवालले अभियानलाई झन तिव्र बनाउँदै बाहिरबाट पनि मदिरा खाएर आउने तथा समाजिक सद्भाव भडकाउन खोज्ने उपर निगरानी बढाएको बताए ।
समुदायिक विद्यालयमा मेयरको निगरानी
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले समुदायिक विद्यालयमा समेत निगरानी बढाएका छन् । समुदायिक विद्यालयको गतिविधि तथा पठनपाठनलाई मध्यनजर गर्दै विद्यार्थीहरुले लगाएर आउने बाहिरी अशोभनीय वस्तु तथा पहिरणहरु उपर निगरानी थालेका छन् ।
विद्यार्थीहरुले लगाएर आउने माला, हातमा पट्टी, सिग्री, औंठी, कनबाली जस्ता वस्तुहरु उपर निगरानी गर्दै त्यस्ता वस्तु लगाएर कक्षाभित्र तथा विद्यालय भित्र जाने विद्यार्थीलाई उक्त वस्तु खोसिँदै आगामी दिनमा यस्तो लगाएर आएको खण्डमा कारवाही गरिने बताए ।
उनले भने, - "समुदायिक विद्यालय मात्र होईन, जुनसुकै ज्ञान स्थलमा एक शिष्यको भूमिका निर्वाह हरेक विद्यार्थीले गर्नुपर्छ । सदा जीवन उच्च विचारको भावनालाई कदर गर्दै टयाप्पे जस्तो बनेर विद्यालयमा आउन प्रतिबन्ध छ । हाम्रो नगरको विद्यार्थी स्थीर र शिष्ट हुनुपर्छ । किनकी उनीहरु नगरको मात्र होईन देशकै कर्णाधार हुन । यसको लागि मैले उठाएको कदम सबैको लागि अशोभनीय हुन सक्छ तर बाहिरी बनाबट विद्यार्थीको पहिचान पनि दिन्छ । समुदायिक विद्यालयमा सभ्य भएर आउन आग्रह गर्दछु ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…