अब मधेश सरकारकै लोकसेवा विद्येयक स्वीकृत, माघ १ र ५ गते सार्वजनिक विदा
‘बलिदानी’ दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय

२०७५ पुस १९ बिहीबार, राति ८:५२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १९ पुस । प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ ।
संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाउनु भएका छन् ।
त्यसैगरी प्रदेश सरकारले माघ १ गते मकर संक्रान्ति (माघी) पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
२०६३ साल माघ ५ गते मधेश विद्रोहको क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत दिएको दिनलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…