सिरहाका ४ पानी उद्योगमा शिलबन्दी
न्यूज ब्यूरो, सिरहा । सिरहाका चार पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरेका सिरहाका चार उद्योगमा शिलबन्दी गरेको हो । गोलबजार ७ चोहर्वाका इन्दीरा जल, आनन्द जल, गोलबजार ६ का कमलामाई पानी उद्योग

२०७५ पुस १७ मंगलबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका चार पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरेका सिरहाका चार उद्योगमा शिलबन्दी गरेको हो ।
गोलबजार ७ चोहर्वाका इन्दीरा जल, आनन्द जल, गोलबजार ६ का कमलामाई पानी उद्योग र गोलबजार ६ मै रहेको सीता हेल्दी कुलिङ वाटर इण्डष्ट्रिज मापदण्ड विपरित संचालन गरेको पाइएपछि शिलबन्दी गरेको अनुगमन टोलीले जनाएको छ ।
घरेलु उद्योग कार्यालय लहान र उपभोक्ता हित संरक्षण मञ्च सिरहाका प्रतिनिधि समेतको सहभागितामा भएको अनुगमनका क्रममा उद्योगहरु मापदण्ड नपुगेको र न्यूनतम सरसफाई समेत नपाईको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजका प्रमुख शुरेस कुमार सिंहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…