आजदेखि जनकपुरमै श्रम स्वीकृति, तर जनकपुरमा कहाँ छ श्रम तथा रोजगार अफिस ? हेर्नुहोस् ।
जनकपुरबाटै श्रम स्वीकृतिले मधेशमा उत्साह छाएको छ ।

२०७५ पुस १५ आइतबार, दिउँसो ४:२३ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १५ पुस । वैदेशिक रोजगारीको लागि लिनुपर्ने श्रम स्वीकृति आईतबार (आजदेखि) जनकपुरधामबाटै सुरु भएको छ ।
देशबाट युवा पलायन र वैदेशिक रोजगारी तर्फको बाध्यताका साथै श्रम स्वीकृतिको लागि काठमान्डौँ गएर झमेला भोग्नुपर्ने बाध्यता अब मधेशका युवाहरुको लागि आईतबार अर्थात् आज पुस १५ गतेदेखि जनकपुरधामबाटै सुरु गरिएको हो ।
नेपाल सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा श्रम स्वीकृतिको लागि शाखा दिएको हो । तराई मधेशबाट वैदेशिक रोजागारीमा बढी युवाहरु गइरहेको तथा अधिक सँख्यामा तराई मधेशका युवाहरु वैदेशिक रोजागारीको लागि चाहिने श्रम स्वीकृति मात्र राजधानी काठमान्डौँमा सीमित भएको बेल अत्यधिक कठिनाईको सामना गर्नुपरेको थियो । जनकपुरमै श्रम स्वीकृतिको लागि श्रम कार्यालय जनकपुरमै आरम्भ गरिएको छ ।
यहाँ छ जनकपुरमा श्रम कार्यालय
जनकपुरको मुरलीचोक (विद्यापति) चोकदेखि क्याम्पसचोक (एयरपोर्ट) जाने बाटोको बीचमै रहेको अमित टेन्ट हाउसको गल्लीमा पश्चिम पट्टि श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । विभिन्न सँचार माध्यमहरुमा जनकपुरमा श्रम कार्यालय खुलेपनि कहाँ र कसरी जाने भन्ने कौहुल्ता बढेको थियो । आईतबारदेखि विधिवत रुपमा सुरु गरिएको श्रम स्वीकृतिको लागि धनुषाका विभिन्न ठाउँबाट आएका युवकहरुले सेवा लिएका छन् । कार्यालयको फोन नम्बर भने ०४१ ५२०१३५ रहेको छ ।
संघीय संरचना लागुभएपछि विस्तारै अधिकार विकेन्द्रीकरण गर्दै सरकारले मधेश सरकारलाई यस्तो सुविधा प्रदान गरिएको छ । यसका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन पुस १५ देखि प्रदेश नं. ५ को बुटबलबाट पनि श्रम स्वीकृतिको कार्यालय थालनी गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रदेश नंं २ को लागि जनकपुर र प्रदेश नं. ५ को लागि बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाई गठन गरिएकोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जनाए ।
सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएकोमा ताहाचलमा श्रम स्वीकृति लिन सेवाग्राहीहरुको मोटो भिड लाग्ने गरेको थियो । संघीयताको मर्म बमोजिम केन्द्रबाट अधिकार विकेन्द्रीकरण गर्दै प्रत्येक प्रदेशमै श्रम कार्यालयको थालनी गर्न लागिएको हो ।
श्रम स्वीकृतिको लागि तराई मधेशका सेवाग्राहीहरुले समेत काठमान्डौँमा रातभरि जाग्राम बसी लाईनमा बस्नुपर्ने बाध्यता थियो । जनकपुरबाटै श्रम स्वीकृतिको समाचारले मधेशमा उत्साह छाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…