मधेशका साहसी मुख्यमन्त्री 'राउत' लाई हटाउँदै ? अब को बन्ने मुख्यमन्त्री?
राउतलाई हटाएपछि मधेशमै विद्रोह गरिने उनका समर्थकहरुले चेतावनी दिएका छन् ।

२०७५ पुस १५ आइतबार, दिउँसो २:३५ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १५ पुस । संघीय नेपालको ड्यासींग सिएम (Dashing CM Of Nepal) अर्थात् साहसी मुख्यमन्त्रीको रुपमा चिनिएको प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिलाई हटाउने कसरत चलेको बुझिएको छ ।
नेपाल सरकारका स्वास्थ्य एवम् जनसँख्या मन्त्री तथा उप्रधान समेत रहेका उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुख्यमन्त्री फेरबदल गर्ने गोप्य सहमति भएको समाचार केही अनलाईनमा प्रकाशित भएको हो ।
काठमान्डौंबाट सँचालित एक अनलाईनमा प्रधानमन्त्री ओली र संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका यादवबीच वर्तमान मुख्यमन्त्री राउतलाई हटाउने सहमति शनिबार राती भएको समाचार छ ।
शनिबार राती दुई नेताबीच भएको छलफलमा मुख्यमन्त्री लालबाबू राउतलाई हटाएर नेकपाका नेता एवम् तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने सहमति भएको बालुवाटार उच्च श्रोतले जनाएको हो ।
उनीहरुबीच भएको उक्त सहमति केन्द्रको बजेट पारित तथा प्रदेशमा बजेट पठाएपछि कार्यन्वयनमा आउने बुझिएको छ ।
राजपा नेपाललाई सरकारबाट हटाउन उक्त कदम चाल्न लागिएको हुन सक्ने आशंका गरिएको हो । नेकपाले मुख्यमन्त्री बनाउने भनिएको सत्यनारायण मण्डल तत्कालिन एमालेका प्रदेश प्रमुख समेत रहेका थिए ।
नेपालको प्रादेशिक संरचनामा मुख्यमन्त्री लालबाबू राउत देशकै साहसी र क्षमतावान मुख्यमन्त्रीको रुपमा चिनिएको छ । ७ प्रदेशहरु मध्ये प्रदेश नं. २ मा सबभन्दा बढी विद्येयक र आफ्नै कानुन बनाउने तथा केन्द्र सरकारलाई समेत ओभरटेक गर्ने मुख्यमन्त्रीको रुपमा चिनिन्छ ।
मधेशको लागि नेताहरुले गरेको वाचा मुख्यमन्त्री राउतले आफ्नो एक वर्षकै कार्यकालमा लगभग ७५ प्रतिशत कार्य गरेर देखाएका छन् भने मधेश विकासको लागि देखाएको उनको कदमलाई जनताले सराहना गरेका छन् ।
मुख्यमन्त्री मो. लालबाबू राउतलाई हटाएपछि मधेशमै विद्रोह गरिने उनका समर्थकहरुले चेतावनी दिएका छन् । मुख्यमन्त्रीको कारनामाका कारण मधेशका जनता उनको पक्षमा रहेका छन् ।
कुनै बेला डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको झण्डा हातमा लिएको तस्विर समाजिक सञ्जालमा भाईरल बनेपछि मुख्यमन्त्री राउतलाई हटाएपछि उनको आगामी कदमको बारेमा नानाथरिका प्रतिक्रिया जनमानसले दिएको छ ।
मुख्यमन्त्रीको अन्य समाचार पढनुहोस् ।
नेकपाकै मञ्चमा गर्जे मुख्यमन्त्री राउत, प्रचण्डको 'बोलती बन्द'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…