जनकपुरमै राजेन्द्र महतोको पुतल दहन
उनका समर्थकहरुले जनकचोक साँझ ६ः३० बजे पुतला दहन गरेको

२०७५ पुस १३ शुक्रबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

सुमित मिश्र, १३ पुस । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सँयोजक राजेन्द्र महतोको पुतला जनकपुरमा दहन गरिएको छ ।
विना कारण अध्यक्ष मण्डलको धनुषा सदस्य रहेका देव कृष्ण मण्डललाई पदबाट हटाएर ज्ञानेन्द्र झा लाई उनको पदमा राखेपछि आक्रोसित मण्डलका समर्थकहरुले जनकपुरको जनकचोकमा केन्द्रीय सँयोजक महतोको पुतला दहन गरेको हो ।
प्रतिनीधि सभाको चुनावमा धनुषा क्षेत्र नं. ३ जनकपुरबाट निर्वाचित भएका महतोको आफ्नौ ठाउँमा पुतला दहन गरिएको हो । मधेश आन्दोलन सहित पार्टीगत आन्दोलनमा समेत अग्रनी भूमिका निर्वाह गरेका मण्डललाई विना कारण हटाएपछि उनका समर्थकहरुले जनकचोक साँझ ६ः३० बजे पुतला दहन गरेको हो ।
तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टी अर्थात् राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिँह भण्डारी पक्षधर रहेका तथा तत्कालिन जिल्ला अध्यक्ष समेत रहेका मण्डललाई विना कुनै जानकारीको हटाएको दाबी गरिएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता मण्डलले आफू धनुषाको हँसपुर नगरपालिकाको एक कार्यक्रममा सरिक भएको र आफूलाई विना कुनै जानकारी, विना कुनै कारण हटाएको आरोप लगाए । उनले भने, - 'आफूलाई हटाएको विज्ञप्ति समाजिक सञ्जालमा आएपछि मैले आफ्ना नेता तथा पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिँह भण्डारी जी लाई फोन गरी बुझ्दा उहाँले एक शब्दमा भन्नुभयो, यो बारे म केन्द्रमा बुझछु ।'
आउँदो बैशाख ७, ८ र ९ गते राष्ट्रि जनता पार्टी नेपालको महाधिबेशनको तयारी भइसकेको अवस्थामा पार्टीले के गर्न खोजेको आफूलाई थाहा नभएको प्रतिक्रिया मण्डलले दिए । उनले भने, - 'आफूलाई हटाएर ज्ञानेन्द्र झालाई आफनो पदमा किन राखिएको बारे जबसम्म स्पष्टीकरण दिँदैन तबसम्म संघर्षका कार्यक्रम जारी राख्नेछौ ।'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…