डा. सिके राउत र राममनोहरसँग न्याय हुने मानवअधिकार आयोगको आवश्वासन
७ गते पक्राउ गरिएका राममनोहरको प्रहरी हिरासतमै एक सातापछि मृत्यू

२०७५ पुस १३ शुक्रबार, दिउँसो १२:४४ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १३ पुस । झण्डै तीन महिनादेखि प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत र प्रहरी हिरासतमा मृत्यू भएका गठबन्धनकै राममनोहर यादवसँग न्याय हुने आश्वासन दिइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेका स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले डा. सिके राउतको गिरफ्तारी र प्रहरी हिरासतमा मृत्यू भएका राम मनोहर यादवको बारेमा अवगत गराएपछि आयोगले साकारात्मक आश्वासन दिएको बताइएको छ ।
प्रवक्ता खानका अनुसार, आयोगले एक साता भित्रै राम मनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्यू प्रकरणको प्रतिवेदन सार्वजनिक गर्ने आवश्वासन दिएको जनाएका छन् ।
गत बुधवार पुस ११ गते पुनः स्मरणको लागि स्वतन्त्र मधेश गठबन्धन आवद्ध टोलीले ज्ञापनपत्र राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन काठमाडौंमा सुम्पेको हो । सुम्पिएको ज्ञापनपत्रमा डा. सि के राउत लगायत स्वराज अभियन्ताहरुलाई पुर्पक्षमा राखि मांनसिक र राजनीतिक रुपमा मानवअधिकार हनन गरि रहेको, डा. राउतको मेडिकल चेक जांचमा हेलचक्रयाई रौतहट जिल्ला कारागारले गरिरहेको प्रति आयोगको ध्यानाकर्षण , राज्य पुर्वग्राही भएर कुनै ठोस प्रमाण सबुत बिना अत्यधिक रुपमा धरौटीरकम मागगरी स्वतन्त्र पूर्ववक बाँच्न पाउने मानिसहरुको मानवअधिकार हनन गरिएको भनेर अवगत गराईएको जनाइएको छ ।
गत भदौ ७ गते बर्दिया जिल्लामा गिरफ्तार भई १५ गते प्रहरीको शारीरिक र मांसिक यातनाबाट राम मनोहरको हत्या गरिएको दाबी गठबन्धनले गर्दै आएको छ । राम मनोहर यादवको रिपोर्ट सार्वजनिक नभएको छलफलमा आयनेगले साता सम्मा सरकारलाई सुझाव सहित दवाब मुलक प्रतिवेदन सार्वजनिक गरिने अन्तिम तयारी भएको जानकारी ज्ञापनपत्र पत्र बुझाउने टोलीलाई दिएको हो । राम मनोहरको लास विगत १ सय १५ दिन देखि टिचिँग हस्पिटल महाराजगँजमा अलपत्र राखिएको छ।
राम मनोहरका परिवारजनले भने आफूहरु सित अन्याय भएको तथा प्रहरी हिरासतमा यादवलाई मारिएको भन्दै न्याय नपाएसम्म शव नबुझने अडान सहित निरन्तर आन्दोलनमा रहँदै आएका छन् ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसँख्यामन्त्री उपेन्द्र यादवलाई कालो झण्डा तथा शहिदको सपनाको बारेमा प्रश्न गरेपछि मन्त्री यादवले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएका थिए । ७ गते पक्राउ गरिएका राममनोहरको प्रहरी हिरासतमै एक सातापछि मृत्यूको खवर आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…