शितलहरमा मधेशलाई पहाडको सहयोग
अलपत्र बनाएकाको घर बनाउन प्रदेश तथा संघीय सरकारलाई पहल गर्ने

२०७५ पुस १३ शुक्रबार, बिहान ११:०८ बजे२ मिनेट पढाइ

बर्दिवास, १३ पुस । मौसम परिवर्तनसँगै चलेको शितलहरमा मधेशमा पहाडी जिल्लाहरुबाट राहत लिएर राहतकर्मी समाजसेवीहरु सहयोग गर्न आएका छन् ।
रातहको क्रममा अति विपन्न घर विहीन भएका जाडो समयमा त्रिपालमा मुनि जीवन बिताउन बाध्य भएका महोत्तरी जिल्लाको भंगहा नगरपालिका – ३ का विपन्न परिवारहरुलाई राहतकर्मीहरुले न्यायो राहत प्रदान गरेका छन् । सरकारले जनता आवास कार्यक्रम अधुरो छोडेपछि महोत्तरीको भंगहा नगरपालिकाका ८० घरधुरी मुसहरलाई काभ्रेप्लानचोकको बनेपा ७ मा अवस्थित शुलभ बचत तथा ऋण सहकारी संस्थालिमिटेडले राहत बितरण गरेका छन् ।
राहत बितरण टोली राहत लिएर गाउँमै पुगि भंगहा नगरपालिकाका नगर प्रमुख संजिव साहको उपस्थितीमा एक घर १ थान त्रिपाल, एकथान बल्यांकेट, दुईथान म्याट वितरण गरेको छ भने, पतञ्जली योग समिति काभ्रेका टोलीले खानेकुरा दालमोठ, च्युरा, चाउचाउ ,विस्कुट र लगाउने केहि न्यानो लुगाकपडा समेत विपन्न परिवारलाई वितरण गरेको हो ।
केहि दिन अघि सञ्चार माध्यमबाट सरकारले जनता आवास कार्यक्रम अन्तर्गत दलित एवं विपन्न परिवारलाई घर बनाउनका लागि पुरानो घर तोडेर अलपत्र बनाएकोले समाचार विभिन्न सँचारमाध्यहरुमा आएपछि समाजसेवी अगुवाहरुले ती पीडित परिवारहरुलाई सानो सहयोग गर्ने उद्देश्यले राहत बितरण गर्न आएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले जनाए ।
राहत लिएर संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सचिव होमप्रसाद तिमसिन, कोषध्यक्ष पतञ्जली योग समिति काभ्रोका अध्यक्ष दमनकुमार श्रेष्ठ, सदस्य विजयालक्ष्मी श्रेठ, समितिका सदस्य सरिता साक्य सहितका टोली आएका थिए ।
यता, भंगहा नगरपालिकाका प्रमुख संजिव साहले जनता आवास अन्तर्गत घर भत्काएर अलपत्र बनाएकाको घर बनाउन प्रदेश तथा संघीय सरकारलाई पहल गर्ने बताए ।
प्रदेश र संघीय सरकारले ध्यान नदिए भंगहा नगरपालिकाले आफै कुनै उपाय निकालेर उनीहरुको समस्या समाधान गर्ने नगरप्रमुख साहको भनाई रहेको छ । राहत लिएर आएका टोलीप्रति नगरप्रमुख साहले अभार प्रकट गर्दै जाडोको बेला पाएको उक्त राहत पीडित आफ्ना नगरबासीको लागि अमृत सम्मान भएको बताउदै टोलीलाई मेयर साहले नगरपालिका कार्यालयमा दोसल्ला ओढाएर सम्मान समेत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…