धनुषाको १६ स्थानमा 'हमहु स्कूल पढ जायब हो'
जनकपुरधाम, ११ पुस । बालबालिकाहरुलाई विद्यालयसम्म पहुँच बढाउनको लागि धनुषाको १६ स्थानमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । हाम्रो शिक्षा परियोजना अन्तर्गत धनुषाको १६ वटा स्थानमा हमहु स्कूल पढ जायब हो नामक सडक नाटक बुधबार सम्पन्न गरिएको हो । बालबालिकाहरुलाई विद्यालयसम्म पहुँच बढाउन तथा शिक्षाको

२०७५ पुस १२ बिहीबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ११ पुस । बालबालिकाहरुलाई विद्यालयसम्म पहुँच बढाउनको लागि धनुषाको १६ स्थानमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
हाम्रो शिक्षा परियोजना अन्तर्गत धनुषाको १६ वटा स्थानमा हमहु स्कूल पढ जायब हो नामक सडक नाटक बुधबार सम्पन्न गरिएको हो । बालबालिकाहरुलाई विद्यालयसम्म पहुँच बढाउन तथा शिक्षाको आँकडा बढाउनको लागि उक्त जनचेतनामूलक नाटक प्रदर्शन गरिएको हो ।
समाजिक सँस्था गोगो फाण्डेशनको सहयोग तथा मधेश सचेतना केन्द्र नेपालको आयोजनामा जिल्लाको खजुरी महुवा, गिद्धाबेलापट्टी, बनरझुला, सबैला, यदुकूहा, नगराईन, तुल्सीयाही, जब्दी, फूलगामा, मँगराहा, धबौली लगायत जम्मा १६ स्थानमा नाटक प्रदर्शन गरिएको गोगो फाउण्डेशनका जिल्ला कार्यक्रम सँयोजक धर्मेन्द्र कुमार शर्माले जानकारी दिए ।
नाटकको क्रममा आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउन तथा विद्यालय बाहिर र विद्यालय तथा शिक्षाको पहुँचबाट बाहिर रहेका ग्रामिण भेगकका बालबालिकाहरुलाई शिक्षासम्मको पहुँच बढाउनप्रति जोड दिइएको थियो ।
सो नाटकमा स्थानीय कलाकारहरुले आ आफ्नो तवरबाट भूमिका निर्वाह गरेका थिए । नाटक प्रदर्शनको क्रममा विभिन्न विद्यालयको प्रधानाध्यापक, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…