धनुषाधाममा पनि यामाहाको शोरुम
जनकपुरधाम, १० पुस । धनुषाको धनुषाधाममा पनि आज एक कार्यक्रमबीच यामाहा शोरुमको उद्घाटन गरिएको छ । धनुषाधाम नगरपालिका वडा नं. १ मा सत्यम अटो जोन ले यामाहाको शोरुम धनुषाधाम बजारमै सँचालनमा ल्याएका छन् । उक्त शोरुमलाई धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उद्घाटन गरेका हुन् । मेसिनरी क्षेत्रमा विश्व

२०७५ पुस १० मंगलबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १० पुस । धनुषाको धनुषाधाममा पनि आज एक कार्यक्रमबीच यामाहा शोरुमको उद्घाटन गरिएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. १ मा सत्यम अटो जोन ले यामाहाको शोरुम धनुषाधाम बजारमै सँचालनमा ल्याएका छन् । उक्त शोरुमलाई धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उद्घाटन गरेका हुन् ।
मेसिनरी क्षेत्रमा विश्वासिलो कम्पनी मानिएको तथा यातायात जगतमा फड्को मारेको यामाहा कम्पनीले जनकपुरधाम सहित ग्रामिण भेकमा पनि मोटरसाईकलको लागि शोरुम सँचालनमा ल्याएपछि ग्राहकलाई सहज बनाएको छ ।
सत्यम अटो जोन शोरुमका सँचालक चन्द्रमोद साहको अध्यक्षतामा आयोजना गरिएको एक समारोहबीच यामाहा शोरुमको उद्घाटन गरिएको हो । सो कार्यक्रममा बोल्दै नगका मेयर एवम् प्रमुख अतिथि मण्डलले ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल धनुषाधामको बजारमा शोरुम सँचालन गरेर चारचाँद लगाएको प्रतिक्रिया दिँदै सँचालक साहलाई शुभकामना एवम् बधाई ज्ञापन गरे ।
उद्घाटन समारोहमा धनुषाधाम नगरपालिका वडा नंं. २ का वडाध्यक्ष प्रभु नारायण साह, ९ का सन्जिब यादव , सेन्चुरी बिकास बैंक बिरेन्द्र बजार शाखा मानेजर अ्मर कुमार साह , धारापानी ब्यपार संघका अध्यक्ष पाल्सङ योथ्पन, ने क पा केन्द्रिय सद्स्य अशर्फी भिन्न्बार, स.लो. ट्रेड युनियन महासंघ प्रदेश २ का सह सचिब जगदिश महतो , लाभा इन्टरनेश्नलका सन्जय साह, मा बि धारापानिका प्रअ प्रदिप सिंह लगाएत स्थानीय व्यापारीहरुको उल्लेख सहभागीता रहेको थियो ।
धनुषाधाममै यामाहाको शोरुम सँचालनमा आएपछि उक्त भेकका ग्राहकहरुले जनकपुरधाम आउनुपर्ने बाध्यतालाई नजरअन्दाज गर्न सकिने विकल्प पाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…