जनकपुरको मोनाष्टिकले आफ्नो वार्षिकोत्सवमा सरसफाई सम्बन्धि 'घरदैलो' गर्ने
जनकपुरमै सरसफाई सम्बन्धी घरदैलो नयाँ आयाम

२०७५ पुस ८ आइतबार, राति ९:२७ बजे२ मिनेट पढाइ

जनकपुरधाम, ८ पुस । प्रदेश नं. २ मै नीजि विद्यालयमा सर्वोत्कृष्ट विद्यालय मानिएको जनकपुरको मोनाष्टिक आसावीय विद्यालयले सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम गर्ने भएको छ ।
जनकपुरधामलाई सफा र स्वच्छ राख्नको लागि एकातर्फ महाअभियानीहरु विभिन्न कार्यक्रम गरिरहेका छन् भने मोनाष्टिकले सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम राखेर सरसफाईको लागि नयाँ आयाम ल्याउने भएको छ । सरसफाईको लागि सहभागी मात्र नभई जनचेतना मूल मन्त्र रहेको भन्दै मोनाष्टिकको यो कदम उत्तम मानिएको छ ।
विभिन्न समयमा अभियानीहरुसँग हातोमालो गरी गुणस्तरीय शिक्षा सहित अतिरिक्त क्रियाकलापहरुको लागि उत्कृष्ट मानिएको मोनाष्टिकले आफ्नो ३३ औँ वार्षिकोत्सवमा चार दिवसीय कार्यक्रम राखेको छ । जस अन्तर्गत पहिलो दिन पुस १० गते मँगलबार रक्तदान कार्यक्रम, विहिबार पुस १२ गते साँस्कृतिक कार्यक्रम, ११ र १२ गते नै सरसफाई सम्बन्धि घरदैलो कार्यक्रम र चौथो तथा अन्तिम दिन विज्ञान प्रदर्शनी कार्यक्रम राखेको विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जनाए ।
रक्तदान जीवनदान मूल नारा सहित जनकपुरको जनकचोकमा विहान ९ बजेदेखि वृहत्त रक्तदान कार्यक्रम गर्ने भएको छ भने मधेश र मिथिलाको सँस्कृति सहित आफ्नो सँस्कृति उपर गौरव बढाउनको लागि सबैले आ आफ्नो सँस्कृति झल्काउने गरी सास्ँकृतिक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
जनकपुरधामलाई मात्र होईन अन्य शहर र ग्रामिण भेकमा पनि वरपर सफाई राख्दा मानव जीवनमा हुने फाईदा तथा स्वच्छ वातावरण बारे सरसफाई सम्बन्धी पुस ११ र १२ गते बुधबार तथा विहिबार गरी दुई दिन घरदैलो कार्यक्रम गरिने छ । घरदैलो कार्यक्रमको लागि विद्यार्थीहरु सहित शिक्षक शिक्षिकाहरुले सरसफाई सम्बन्धी जनचेतना जगाउने र सफाईप्रति प्रोत्साहन बढाउने कार्यक्रम रहेको विद्यालयकी प्रिन्सीपल डा. सोनाली साहले जनाए । उनका अनुसार, घरदैलो कार्यक्रम दुवै दिन विहान ७ बजेदेखि हुनेछ ।
यस्तै, अन्तिम दिन विद्यालयका विद्यार्थीहरुले सिकेका, गहन गरेका र अध्ययन गरेका तथा भित्र निहित क्षमतालाई प्रदर्शन गर्ने हिसाबले विज्ञान प्रदर्शनी कार्यक्रम राखिएको छ । मिल्स एरिया स्थित रहेको सिनियर मोनाष्टिकको प्राँगनमा ३३ औँ वार्षिकोत्सव सहित विज्ञान प्रदर्शनी शनिबार विहान ११ बजे राखिएको डा. साहले जनाइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…