जनकपुरको राराबमा समाजवादी विद्यार्थी फोरमको पुर्नगठन
जनकपुरधाम, ८ पुस । जनकपुरधामको राम स्वरुप राम सागर बहुमुखी क्याम्पस (राराब) मा समाजवादी विद्यार्थी फोरमको ईकाई कमिटी गठन गरिएको छ । संघीय समाजवादी फोरम नेपालको भातृसँगठनको रुपमा फोरमको जिल्ला राराब ईकाई समितिको पुर्नगठन गरिएको हो । रामप्रकाश यादवको अध्यक्षता एवम प्रदेश सरकारका आन्तरिक मामिला तथा कान

२०७५ पुस ८ आइतबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ८ पुस । जनकपुरधामको राम स्वरुप राम सागर बहुमुखी क्याम्पस (राराब) मा समाजवादी विद्यार्थी फोरमको ईकाई कमिटी गठन गरिएको छ ।
संघीय समाजवादी फोरम नेपालको भातृसँगठनको रुपमा फोरमको जिल्ला राराब ईकाई समितिको पुर्नगठन गरिएको हो । रामप्रकाश यादवको अध्यक्षता एवम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न एक भेलाबाट समाजवादी विद्यार्थी फोरम गठन गरिएको हो ।
पुर्नगठित समितिको अध्यक्षमा रामप्रकाश यादब, उपाध्यक्षमा रुपेश यादब, तौसुफ राजा (सानू) , कोषाध्यक्षमा संदिप यादव, सचिवमा मुकेश रायलाई चयन गरिएको छ । यस्तै, समितिको सदस्यहरुमा गौरी शंकर यादब, साबिर हुसैन, सत्री नारायण यादब, निरज साह, मुरली प्रसाद यादब, सन्त लाल दास, श्याम कुमार यादव, हरे राम यादब, धिरेन्द्र कुमार यादब, रुबी कुमारी कापर, अबधेश नायक लगायत नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थियो ।
जिल्ला अध्यक्ष सुनिल मंडल जिल्ला सचिव बलिराम कापरी तथा युवा फोरमको जिल्ला सदस्य पुजन सिंह लगायत उपस्थितिमा नयाँ कार्य समिति चयन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…