जलेश्वर जेलमा धनुषाका एक कैदीको मृत्यू !
न्यूज ब्यूरो, जलेश्वर । क्षमताभन्दा बढी कैदी राखिदै आएका महोत्तरीको जलेश्वर जेल (कारागार) मा एक कैदीको विहिबार राती मृत्यू भएको छ । गत वि.सं. २०७४ साल भदौ ५ गते लागु औषध र गाँजा प्रकरण मुद्दामा जलेश्वर कारागार चलान भएका धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ४ का रामनाथ मण्डलको गएराती जेलमै मृत्यू

२०७५ पुस ६ शुक्रबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । क्षमताभन्दा बढी कैदी राखिदै आएका महोत्तरीको जलेश्वर जेल (कारागार) मा एक कैदीको विहिबार राती मृत्यू भएको छ ।
गत वि.सं. २०७४ साल भदौ ५ गते लागु औषध र गाँजा प्रकरण मुद्दामा जलेश्वर कारागार चलान भएका धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ४ का रामनाथ मण्डलको गएराती जेलमै मृत्यू भएको हो । उक्त मुद्दामा जिल्ला अदालत धनुषाको फैसला अनुसार १ वर्ष ८ महिना का लागी जलेश्वर कारागार चलान भएका थिए ।
मृत्यू भएका मण्डल जेल चलान हुनु अघि देखि नै नसा सम्बन्धि रोगले ग्रसित रहेको जलेश्वर कारागारका प्रमुख एवम् जेलर शुभेन्द्र ठाकुरले बताए । मृतक मण्डलको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लगिएको छ भने जेलभित्रै उनको मृत्यू के कारणले भएको भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै आउने जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…