जनकपुरमा नक्कली नागरिकता बनाउने ग्याँगका 'मास्टरमाईण्ड'- रोशन !
जसले सयौँ भारतीय नागकिरलाई नेपाली नागरिकता दिए

२०७५ पुस ४ बुधबार, बिहान १०:३७ बजे५ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । थापथलो सहित कयौं पुस्ता गुजारेका केहि नेपाली नागरिक समेत नागरिकता पाउन सकेका छैनन् । दकहिले नागरिकता पाइएला र वैद्य नेपाली नागरिक हुने हो भन्ने चिन्ता छ । नागरिकता न हुँदा सरकारी सेवा सुविधा लगायत धेरै कामहरु गर्नबाट बञ्चित छन् । र तनावको जीवन बाँचिरहेका छन् । उनीहरु घर नघाटका भएका छन् । यस्तै उदाहरणको रुपमा कतिपयले २०६३ र २०७० को नागरिकता टोलीबाट नागरिकता पाउन सफल भएपनि जन्मको आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका छोराछोरी अहिले नागरिकता पाउनबाट बञ्चित छन् । र हजारौ नेपालीका सन्तान उच्च शिक्ष हाँसिल गर्नको साथै वैदेशिक रोजगारीमा जानबाट बञ्चित छन् । नागरिकताबाट बञ्चित उनीहरुलाई ‘आकाशको फल आँखातरी मर’ भन्ने उखान जस्तै भएको छ उनीहरुको जीवन । अर्थात नागरिकता पाउनु असम्भव जस्तै भएको छ उनीहरुलाई ।
तर धनुषामै एउटा यस्तो गिरोह फेला परेको छ । जुन गिरोहको लागि नागरिकता तुच्छ समान हो । अर्थात पुस्तक पसलमा विक्रि हुने र किन्न पाउने कुनै कापी कलम जस्तो । नागरिकता जस्तो अति सम्वेदनशील कुरा ।
जुन गैरनेपाली नागरिकले पाउनै असम्भव कुरा, सम्भ गर्ने गिरोहकै एक नायक हुन् धनुषाको जनकपुरधाम उपमहानगरपालिका रुपैठा बस्ने विद्यानन्द चौधरीका छोरा वर्ष ३१ का रोशन चौधरी । उनको लागि पैसा भए नागरिकता कागजको खोस्टा जस्तै थियो विगत १२ वर्षदेखि । जसले पनि पैसा तिरेर लिन सक्ने । जति बेला किन्न सकिने । र गैर नेपाली नेपालको नागरिक हुन सक्ने । यो धन्दा रोशनले वि।स।२०६३ सालको नागरिकता टोली गएको बेलासंगै सुरु गरेका थिए ।
बुबा सरकारी सचिव पेशामा भएका कारण उनलाई यस्तो धन्दा गर्न सहज भएको थियो । उनका पीता तीनवर्ष अघि अवकास प्राप्त भइसकेका छन् । स्थानीयका अनुसार वि.स. २०६३ र २०७० को नागरिकता वितरण गर्ने टोलीमा खटेका जिल्ला प्रशासन कार्यालय धनुषाका केहि कर्मचारीहरु पैसा खाँदै उनलाई त्यो धन्दामा धेरै सघाउँदै आएका थिए । जसको कारण रोशन जनकपुरकै एक । दुई स्थानमा डेरा लिएर एउटा सानो कोठामै जिल्ला प्रशासन कार्यालय चलाउँदै आएका थिए ।
जुन डेराको नक्कली जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, सिफारिस, प्रमाणित, बसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता लगायतको काम गर्दै आएका थिए रोशन । र पैसा लिएर उनैलाई सहयोग गर्दै मोटाउँदै आएका थिए जिल्ला प्रशान कार्यालय धनुषाका केहि कर्मचारी । यी नालीबेलीहरुको तव पर्दाफास भयो जव जिल्ला प्रहरी कार्यालय धनुषाले मंसिर २७ गते सुराकीको आधारमा रोशनको डेरा खानतलासी गर्यो ।
भोलि पल्ट मंसिर २८ गते जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेंलको उपस्थितिमा जव रोशनको डेराबाट बरामद गरेको सरसमान पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो, त्यति बेला एउटा जिल्ला प्रशासन कार्यालय नै रोशन चलाएर बसेको प्रमाणित भयो । तयार पारेको एकदर्जन बढी नक्कली नागरिकता, राहदानी, बसाई सराई , संयौ व्यक्तिको पासपोर्ट साईज फोँटो, नागरिकताको अनुसूचि, नागरिकता बनाउने कार्ड, जिल्ला प्रशासनमा हुने जति छाप लगायतका कुराहरु छरपष्ट देख्न सकिन्थ्यो सार्वजनिक गरेको टेवुलमा ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…