धनुषामा ७ बर्षिय बच्चालाई बलात्कार, अवस्था गम्भिर !
रगतै रगतले लतपत अवस्थामा निवस्त्र भेटाएपछि तत्कालै प्रहरीलाई खवर गरिएको !

२०७५ पुस ३ मंगलबार, दिउँसो १:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महिला हिँसा विरुद्धको १६ दिने नारा एकतर्फ घन्कीरहँदा धनुषामा पुनः एक ७ बर्षिय बालिकाको बलात्कार गरिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ सढियामा गएराती ७ बर्षिय बालिकाको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा सुतिरहेकी अवस्थामा सोमबार राती करिब १० बजेको समयमा स्थानीय अन्दाजी बर्ष २६ का रोशन बस्नेतले घरबाट फकाउँदै उँखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जाँड खाएर मातेका बस्नेतले चकलेट दिने बहानामा बालिकालाई फकाएर उँखुबारीमा लगेर बलात्कार गरेको हो । सोमबार राती जाँड खाएर उनको दाईले विदेशबाट राम्रो विदेशी चकलेट पठाईदिएको र त्यही दिनको लागि आएको भन्दै उनलाई फकाएर उँखुबारीमा पर लगी बलात्कार गरेका थिए ।
बालिकाको आमा दृष्टिविहिन छिन् । तर राती ढोका खटखटाएर घर पसेका बस्नेतको आवाज भने चिनको उनको आमालाई उदृत गर्दै प्रहरीले जनाए । बस्नेत आएलगत्तै छोरीलाई बाहिर लगेको तथा केही बेर कुर्दा समेत छोरी नआएपछि स्थानीय छिमेकीहरुलाई छोरीको लागि गुहारेपछि स्थानीयहरुले खोजतलासको लागि तत्कालै निस्केका थिए ।
खोज तलासको क्रममा छिमेकीहरुले नजिककै उँखुबारीमा बालिका बेहोस अवस्थामा रहेको र रगतै रगतले लतपत अवस्थामा निवस्त्र भेटाएपछि तत्कालै प्रहरीलाई खवर गरिएको थियो ।
केही बेरपछि घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाउँदै आरोपित बस्नेतलाई समेत गिरफ्तार गरेका छन् । बेहोस अवस्थामा भेटाएकी बालिकाको उपचार स्थानीयत स्तरमा सम्भव नभएपछि थप उपचार सहित स्वास्थ्य परीक्षणको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको लागि पठाईएको ईलाका प्रहरी कार्यालय ढल्केवरका ईन्सपेक्टर सरोज राईले जानकारी दिए ।
राईका अनुसार, आरोपित बस्नेतलाई प्रहरी नियन्त्रणमा राखी घटनाको बारेमा आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…