नेपालकै सबैभन्दा ठूलो ऐतिहासीक 'रियलिटी सो'
मनिष शर्मा,काठमाडौँ । नेपाल क्षेत्रफलको आधारमा सानो भएपनि सांस्कृतीक हिसाबले विश्वकै धनी देश हो । लेपाली लोक गीतको धुन हराउदै गएका र यसका प्रचार प्रसारका लागी चाहना मिडिया प्रा.लीले औपचारीक कार्यक्रमको रुपमा पत्रकार सम्मेलन गरी लेपाल लोक स्टार कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ । नेपाली

२०७५ पुस २ सोमबार, दिउँसो ३:१५ बजे१ मिनेट पढाइ

मनिष शर्मा,काठमाडौँ । नेपाल क्षेत्रफलको आधारमा सानो भएपनि सांस्कृतीक हिसाबले विश्वकै धनी देश हो । लेपाली लोक गीतको धुन हराउदै गएका र यसका प्रचार प्रसारका लागी चाहना मिडिया प्रा.लीले औपचारीक कार्यक्रमको रुपमा पत्रकार सम्मेलन गरी लेपाल लोक स्टार कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
नेपाली लोक गीत भगवान कृष्णकै बासुरीको धुनबाट सुरु भएको थियो जसले १६ हजार गोपीनीलाई समेत मन्त्रमुग्ध बनाएका थिए । हराउदै गएको सो गीतलाई विश्व सामु ल्याउने गरी यस कायृक्रमलाई नमुना बनाउने चाहना मिडियाको उद्देश्य रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी देशको ७७ वटै जिल्लाबाट विभिन्न चरणमा प्रतिष्प्रधा गराई लेपालको पहिलो लोक स्टार छानिने छन भने सो कार्यक्रम ३० श्रृंखलाको हुने छ । यस कार्यक्रममा भाग लिन आवेदन शुल्क एक हजार लागने छ भन्ने संसारको कुनै ठाउँबाट लेपाली नागरीकले आवेदन दिन सक्ने विज्ञप्तीमा उल्लेख छ ।
साथै यस कार्यक्रमको प्रथम विजेता तथा पहिलो लोक स्टारले ५० लाख करसहित पुरस्कार पनि पाउने छन् भने दास्रो विजेताले २५ लाख र तेस्रो विजेताले १० लाख करसहित पाउने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…