धनुषामा लिटल प्रिन्स एण्ड प्रिन्सेसको अडिसन
विजय कुमार सिंह, धनुषा । धनुषाको मिथिला नगरपालिकामा नगरपालिका स्तरीय ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ को लागि अडिसन(छनौट) सम्पन्न भएको छ । मिथिला नगरपालिकाको ढल्केवरस्थित रहेको होटल रोयल सम्राटमा ग्ल्यामरस नेपाल मोडलिङ्ग एण्ड इमेन्ट म्यानेजमेन्ट कम्पनी विर्तामोड झापाले आयोजना गरेको लिटल प्रिन्स एण्ड प

२०७५ पुस १ आइतबार, बिहान ११:२१ बजे१ मिनेट पढाइ

विजय कुमार सिंह, धनुषा । धनुषाको मिथिला नगरपालिकामा नगरपालिका स्तरीय ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ को लागि अडिसन(छनौट) सम्पन्न भएको छ ।
मिथिला नगरपालिकाको ढल्केवरस्थित रहेको होटल रोयल सम्राटमा ग्ल्यामरस नेपाल मोडलिङ्ग एण्ड इमेन्ट म्यानेजमेन्ट कम्पनी विर्तामोड झापाले आयोजना गरेको लिटल प्रिन्स एण्ड प्रिन्सेस अडिसन कार्यक्रममा लिटिल प्रिन्स एण्ड प्रिन्सेसको लागि प्रतियोगिहरु छनौट गरिएको हो ।
ढल्केवरस्थित विनायक बोर्डिङ्ग स्कुल, चिल्ड्रेन गार्डेन बोर्डिङ्ग स्कुल, जनक ईन्टरनेश्नल एकेडेमी, ओसिस बोर्डिङ्ग स्कुल र ढल्केवर एकेडेमी स्कुलका जम्मा ७० जना वालवालिकालाई लिटिल प्रिन्स एण्ड प्रिन्सेसका लागि छनौट गरिएको आयोजकले जनाएको छ ।
अडिसनमा नीजि विद्यालयहरुको संगठन प्याव्सनको केन्द्रिय सदस्य नरेन्द्र शर्माको विशेष उपस्थितीमा ग्लयाम्रस नेपालका चिफ कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ, लालबन्दी प्रिन्सेज बबिता श्रेष्ठ, मोडल नेहा कार्की र मोडल समुन श्रेष्ठलगायतको निर्णायक टोलीले लिटिल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताका लागि प्रतियोगिहरु छनौट गरेका थिए ।
लिटिल प्रिन्स एण्ड प्रिन्सेसका लागि छनौट भएका वालवालिकालाई २५ दिनको तालिम पछि अन्तिम प्रतिस्पर्धामा ल्याउने ग्ल्यामरस नेपालका कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले जानकारी दिए । बालबालिकाको व्यक्तित्व विकास, सामाजिक रहन–सहन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, जीवनशैली, कला, संस्कृति, भाषा, क्याटवाकबारे प्रशिक्षण दिइने श्रेष्ठले जनाए ।
प्रतियोगिताका उत्कृष्ट विजेतालाई लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ को ताज सहित काउन, प्रमाणपत्र लगायत विभिन्न आकर्षक पुरस्कार सहित बर्षको सेलिबे्रटी घोषणा गरिने र प्रथम, द्वतीय र तृतीय रनअरअप सहित विभिन्न विद्याका टाइटलहरु घोषित गरिने जनाइएको छ । ग्ल्याम्रस नेपालले वालवालिकाको व्यक्तित्व विकासको क्षेत्रमा विगत १५ बर्षदेखि काम गर्दै आएको ग्लयाम्रस नेपालका ढल्केवरका स्थानिय प्रतिनीधी देवराज घिमिरेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…