आत्मारक्षा तथा मोटिभेसन तालिम उदघाटन
चन्दन रौनियार, सुनसरी । सक्षम युवा क्लब बराहक्षेत्र ५ सुनसरी , महिला तथा बालबालिका संरक्षण मन्च तथा साथी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा आत्मारक्षा तथा मेरिटेसन तालिमको उदघाटन भएको छ । ू महिला हिंसा अन्त्यको उत्तम बिकल्प प्रतिरक्षाका लागि खेलकुद अबको आवाश्यक्ता भन्ने मुख्य नाराका साथ आयोजना गरिएक

२०७५ मंसिर २८ शुक्रबार, राति ८:०६ बजे१ मिनेट पढाइ

चन्दन रौनियार, सुनसरी । सक्षम युवा क्लब बराहक्षेत्र ५ सुनसरी , महिला तथा बालबालिका संरक्षण मन्च तथा साथी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा आत्मारक्षा तथा मेरिटेसन तालिमको उदघाटन भएको छ ।
ू महिला हिंसा अन्त्यको उत्तम बिकल्प प्रतिरक्षाका लागि खेलकुद अबको आवाश्यक्ता भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रमको मुख्य उदेश्य महिला हिंसा न्यूनीकरण रहेकोे सक्षम क्लबकि अध्यक्ष रोहिता भट्टराईले बताइन् ।
बिहिवार जडेज माबी कालाबन्जर को खेलमैदानमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा प्रदेश नम्बर १ कि उपसभामुख सरस्वती पोखरेल रहेकी थिइन । कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै उपसभामुख पोखरेलले लैङ्गिक हिंसा अन्त्यका लागि सबै बाट प्रतिबद्धता जाहेर भएको पनि यो व्यबहारमा लागू हुन नसक्नु दुखको कुरा भएको बताइन ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि प्रदेश १ कि सांसद उमिता बराइलिले प्रशिक्षण तथा चेतना मुलक कार्यक्रमहरु धेरै भए तर यसले उपलब्धी दिन नसकेको अवस्थामा यो शारीरिक रुपमै कसरी प्रतिकार गर्ने भन्ने उदेश्यले आयोजना गरिएको आत्मारक्षा तालिम महत्त्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा नेकपाका नेता अमित गौतम , जडेज माबिका सहायक प्रधान अध्यापक योगराज पौडेलले शुभकामना मन्तबय राखेका थिए । स्वागत मन्तव्य साथी फाउन्डेसन नेपालकी शान्ती गजमेरले राखेकी थिइन् । कार्यक्रम संचालन छबिना मगरले गरेकी थिइन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…