प्रेमलीला देखेपछि अवैद्यजोडीद्धारा महतोको हत्या, प्रेमी-प्रेमिका पक्राउ !
जितनी देवी महतोकी गर्भमा ७ महिनाको बच्चा

२०७५ मंसिर २८ शुक्रबार, बिहान १०:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत मँसिर २६ गते राती महोत्तरीको औरही नगरपालिका वडा नं. २ फुलबरीया बस्ने पुरुषको हत्यामा सँलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
गत बुधबार विवाहपञ्चमीकै दिन बिहान गाउँभन्दा ५०० मिटर पूर्व उँखुबारीमा मृत अवस्थामा स्थानीय ४० बर्षिय बेचु महतोको शव फेला परेको थियो । हत्या गरेको आरोपमा स्थानीय जितनी महतोलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पक्राउ गरेका महिलालाई बिहीबार म्याद थपगरि अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक किशोर आचार्यले जनाए ।
स्थानीय शुशिल सहनी र पक्राउ परेकी महिला जीतनी महतोबीच अनैतिक सम्बन्ध रहेको र उनीहरुको अवैद्य सम्बन्ध तथा क्रियाकलाप बेचुले देखेका थिए । गाउँमा आफ्नो पोल खुल्ने डरले खेतमा गएका बेचुलाई आफ्ना प्रेमी शुशिलले हत्या गरेको बयान दिएकी छन् ।
जितनी देवी महतोकी गर्भमा ७ महिनाको बच्चा समेत रहेको प्रहरीले जनाएको छ ।
जितनी देवी महतोकी श्रीमान स्थानीय विजय महतो कामको शिलशिलामा काठमान्डौँ बस्दै आएका छन् भने जितनीको अनैतिक सम्बन्ध स्थानीय शुशिल सहनीसँग धेरैदिनदेखि नै अनैतिक सम्बन्धमा रहेको बताएकी छन् । आफूहरुको अवैद्य क्रियाकलाप बेचुले देखेपछि ज्यान मार्ने योजना बनाएको र प्रेमी शुशिललाई भनेर मार्न लगाएको बयान प्रहरी समक्ष दिएकी हुन् ।
बेचु आफ्नो खेततर्फ जाँदै गरेको देखेर जितनी र शुशिलले ज्यान मार्ने योजना बनाए अनुरुप समातेर लहरीबोटले घाँटी च्याप्दै उँखुबारीमा लगेर लसार पसार गर्दै मारेको स्वीकार गरेकी छन् । घटनास्थलमा अभियुक्तको मास्क र टोपी छुटाएको देखेपछि प्रहरीको अनुसन्धानबाट त्यो टोपी र मास्क शुशिलको रहेको स्थानीयवासीहरुको सहयोगमा पत्ता लगाएका थिए ।
आरोपित शुशिल सहनी मँगलबार रातीदेखि नै घरबाट भागेका थिए भने गएराती मात्र भारतीय प्रहरीले नेपाल भारत सीमाबाट समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको छ ।
गत मंगलबार राति आफ्नो काउली खेतमा निलगाई धपाउन गएक शिव शरण महतोको छोरा ४० बर्षीय बेचू महतोको शव उँखुबारीमा मृत अवस्थामा फेला परेको थियो । मृत्तकको घाँटीमा नीलडाम देखेपछि घाँटी थीचेर हत्या गरेको हुनसक्ने ईलाका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
महतोलाई उँखुबारीको आली छेउमा लछार पछार गरी घाँटी थिचेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने पोष्टमार्टम रिपोर्टपछि थप तथ्य बाहिर आउने बताइएको छ ।
यस घटनाको पहिलो समाचार
खेतमा गएका महतोको शव उखुँबारीमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…