खेतमा गएका महतोको शव उखुँबारीमा 

पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी

२०७५ मङ्सिर २६ बुधबार
बिहान ०९:१३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नं. २ को महोत्तरीमा खेतमा काउली हेर्न गएका एक पूरुषको शव (लास) नजिककै उखुँबारीमा भेटिएको छ । 

 

महोत्तरीको औरही नगरपालिका वडा नं. २ फूलबरिया बस्ने स्थानीय शिवशरण महतोका ४० बर्षिय छोरा बेचु महतो नजिकको उखुँबारीमा मृत भेटिएका हुन् । गएराती करिब १ बजे उनी आफ्नो खेतमा लगाएको काउली हेर्न बाहिर निस्केका  थिए । 

 

राती काउली हेर्न निस्केका महतो धेरै बेरसम्म नआएपछि उनका छोराहरुले खोजी गर्न खेत तर्फ गएका थिए । खेतमा बुवालाई नपाएपछि विच्चलित हुँदै स्थानीयहरुलाई खवर गरेका थिए । स्थानीयहरुले प्रहरीलाई खवर गरे लगत्तै गएका प्रहरी टोलीले उनको शव स्थानीय रामराज ठाकुरको उँखुबारीमा फेला पारेको हो । 

 

गाउँभन्दा करिब ५०० मिटरको दुरीमा पूर्व तर्फ महतोको काउलीबारी रहेको छ ।  जँगलबाट आउने गरेको नीलगाईले तरकारी खेती बर्बाद पार्ने गरेको भन्दै निलगाई धपाउन राती खेत गएका महतो मृत भेटिएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महतोको शरिरमा निलडाम देखिएको छ । उनको घाँटी थिचेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । यस घटनाबारे थप अनुसन्धान पश्चात मात्र थप जानकारी आउने अनुसन्धान शाखाका प्रहरी नीरिक्षक विज्ञान बस्नेतले बताए । 

 

महतोको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको जनाइएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७५ मङ्सिर २६ बुधबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }