विवाहपँचमीको आज अन्तिम दिन, अयोध्याका जन्ती बिदाई गरिँदै
रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने

२०७५ मंसिर २७ बिहीबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक सातासम्म मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज (विहिबार) रामकलेवा अर्थात् जन्ती (बाराती) बिदाई गरिदै छ ।
पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात् बिदाई गर्ने परम्परा अनुरुप आज रामकलेवा मनाइँदै छ । विधि विधान अनुसार रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई बिदाई गर्ने चलन छ । बिदाईको क्रममा मधेशको परम्परामा आधारित धोती, पगडी र कुर्ता प्रदान गर्दै बिदाई गरिन्छ ।
विवाह पञ्चमीको स्वयँवरका दिन विवाह भएको जोडीहरुलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरुले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा समेत रहेको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत् रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…