जानकीको शरणमा योगी आदित्यनाथ
मुख्यमन्त्री मो. लालबाबू राउतसँग साँस्कृतिक विकासको बारेमा कुराकानी गर्ने

२०७५ मंसिर २६ बुधबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरवासीको बहुप्रतिक्षित अतिथि भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएलगत्तै सबभन्दा पहिले माता जानकी दर्शनको लािग जानकी मन्दिर पुगेका छन् ।
विहान १० बजेर ३८ मिनेटमा जनकपुरधाम आईपुगेका योगी आदित्यनाथ विश्व प्रसिद्ध जानकी मन्दिरमा जगत जननी माता जानकीको पूजाआजको लागि मन्दिर प्रवेश गरेका हुन् । अहिले योगी जानकी मन्दिरमा जानकी पूजन गरिरहेका छन् ।
भारतको युपी राज्यको श्रीराम नगरी अयोध्याबाट जन्ती (बाराती) लाई नेतृत्व गर्दै जनकपुरधाम आइपुगेका योगी आदित्यनाथ जानकी मन्दिर दर्शन र जानकी पूजनको लागि ललायित रहेको बताएका थिए ।
योगी आदित्यनाथ विशेष पूजनविधिबाट जानकी मन्दिरमा पूजाआजा गर्दैछन् । पूजा पश्चात मधेश भवनमा प्रदेश सरकारले आयोजना गरेको भण्डारा कार्यक्रममा सहभागी हुनेछ । त्यसपछि केही बेर आरामका साथै मुख्यमन्त्री मो. लालबाबू राउतसँग साँस्कृतिक विकासको बारेमा कुराकानी गर्ने कार्यक्रम तय भएको छ ।

योगीलाई जानकी मन्दिरमा पञ्चकन्याले स्वागत गरेको थियो । पूजा पश्चात योगी मधेश भवनको लागि रबाना भएका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…