जनकपुरधाममा 'योगी आदित्यनाथ'
जानकी मन्दिरमा पूजाआजाको लागि जाने कार्यक्रम तय

२०७५ मंसिर २६ बुधबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ

विनय कुमार यादव । जनकपुरवासीको बहुप्रतिक्षित अतिथि भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका हुन् । भर्खरै मुख्यमन्त्री योगी जनकपुरधाम विमानस्थलमा अवतरण गरेका हुन् ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुनको लागि योगी आदित्यनाथको जनकपुरधाम आउने कार्यक्रम अनुसार विहान १० बजेर ३८ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । योगीको विहान ११ बजे जनकपुरधाम आउने कार्यक्रम तय भएअनुसार समयभन्दा पूर्व नै विमानस्थलमा अवतरण गरेका छन् ।
योगीको स्वागतको लागि प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत लगायत सभामुख सरोज यादव सहित भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल जनकपुर विमानस्थलमा प्रतिक्षामा रहेका थिए । योगीको स्वागतको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ ।
योगी जनकपुर विमानस्थलबाट सीधा विश्वप्रसिद्ध आस्थाको केन्द्र जानकी मन्दिरमा पूजाआजाको लागि जाने कार्यक्रम तय भएको छ ।
योगीको जनकपुरमा यस्तो छ सडक रुट
जनकपुरधाम एयरपोर्टबाट सिधा जानकी मन्दिर पुग्ने कार्यक्रम योगीको तय भएको छ । यस अन्तर्गत जनकपुरधाम विमानस्थल बाट मुरली चोक–विषहरा चोक–कदम चोक–भानु चोक–शिव चोक–जनक चोक–जानकी मन्दिर त्यसपछि पुनः जनक चोक, शिव चोक हुँदै – भानु चोक– मिल्स एरिया–मधेश भवन ९जचुकालि० सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमी बाहविघा मैदानमा सहभागी भएपछि पुनः सोही मार्ग भएर जनकपुर विमानस्थल फर्किने कार्यक्रम तय भएको छ ।
योगीको टोली फर्किए पनि श्रद्धालुहरुको सुविधालाई दृृष्टिगत गर्दै बुधवार रातिसम्म रिंग रोड र भित्री सडकहरुमा सवारी गुडाउन तथा पार्किङ्ग गर्न नपाइने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…