१ सय ५० साईकल यात्रीलाई मोनाष्टिकको सम्मान
साईकल यात्रीलाई मोनाष्टिकले सम्मानपत्र सहित स्वागत र सम्मान गरेका हुन् ।

२०७५ मंसिर २६ बुधबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई पहाड जोडने पवित्र उदेश्यका साथ सुरु गरिएको राईड टु सिन्धुली २०१८ को टोलीलाई जनकपुरधामको मोनाष्टिक स्कूलले सम्मान गरेको छ ।
पर्यावरण मैत्री सवारी साईकललाई प्रवर्धन गर्ने उद्देश्यले स्थापित ‘स्टोरी साईकल’ नामक संस्थाको आयोजना तथा समृद्ध सिंधुली अभियान,सानो पाईला जस्ता अनेकौं संघसंस्था द्वारा प्रवर्धित विशेष साईकल यात्राको टोली सिंन्धुलीगढी धनुषाधाम हुँदै मँगलबार जनकपुरधाम आईपुगेका टोलीलाई मोनाष्टिक विद्यालयले साहसिक र उत्तम कदमको सुरुवात भन्दै सम्मान गरेको हो ।
मोनाष्टिक विद्यालयको प्राँगनमै सम्मान समारोहको आयोजना गर्दै साईकल यात्रीहरुलाई स सम्मान गरिएको विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले बताए । साहका अनुसार, १ सय ५० जना साईकल यात्रीलाई मोनाष्टिकले सम्मानपत्र सहित स्वागत र सम्मान गरेका हुन् ।
वातावरण मैत्री सवारीको रूपमा साईकल यात्रा मार्फत देशको भौगोलिक,साँस्कृतिक विविधता प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन र आनन्द प्राप्ति नै यो अभियानको मूल उदेश्य रहेको बताइएको छ ।
बिगत तीन बर्षदेखी हरेक बर्ष आयोजन हुँदै आएको यो साईकल अभियानको यसपटकको नारा ” Ride To Sindhuligadhi-2018 ” रहेको छ। गत ९ डिसेम्बर बाट शुरूभएको यो साईकल यात्रा १२ डिसेम्बरको दिन अर्थात आज बुधबारका दिन जनकपुरधाममा विवाह पञ्चमीमा सरिक भएसंगै समापन गरिने आयोजकले बताए।
सोही अनुसार नै आज सिंधुलीगढीबाट करिब १ सय ५० उत्साही युवाहरूको साईकल समूह मँगलबार बेलुका नै जनकपुरधाम आईपुगेको हो । मोनाष्टिकको सम्मान पाएपछि काठमान्डौँलाई जनकपुरधामसँग जोडने अभियानको रुपमा रहेको यात्रीहरुले बताए । मोनाष्टिक स्कूलले अतिथि देवो भवः को पालना गर्दै अतिथिलाई सत्कार र सेवाको भावनाले सम्मान र स्वागत गरेको प्रबन्धक निर्देशक डा. साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…