योगी आदित्यनाथ आज जनकपुरधाम आउँदै, सुरक्षा व्यवस्था कडा !
करिब ५ लाखको हाराहारीमा विभिन्न ठाउँबाट श्रद्धालुहरु जनकपुर आईपुगेका छन् ।

२०७५ मंसिर २६ बुधबार, बिहान ६:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामजानकी विवाहमहोत्सवमा जन्ती बनेर सहभागी हुन लागेका भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार (आज) विहान ११ बजे जनकपुरधाम आउने कार्यक्रम तय गरिएको छ ।
भगवान रामको नगरी अयोध्याबाट जन्ती (बाराती) को रुपमा प्रथम पटक माता सीताकी नगरी जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीलाई संघीय नेपालको प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको छ ।
करिब ११ बजे जनकपुरधाम विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको जानकी मन्दिर स्रोतले जनाएको छ । जनकपुरधाम विमानस्थलमा प्रदेश सरकारको स्वागतपछि तय गरिएको रुटबाटै योगी सीधा जानकी मन्दिर पुग्ने र पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
पूजाआजा पश्चात बाह्रविघा मैदानमा आयोजन गरिएको रामसीताको स्वयँवर अर्थात् विवाहमहोत्सवमा सहभागी हुन उत्तातर्फ लाग्ने कार्यक्रम रहेको छ । त्यसअघि प्रदेश सरकारले आयोजना गरेको भण्डारा कार्यक्रममा सहभागीता जनाउँने कार्यक्रम पनि तय भएको छ ।
योगी भन्दा पनि अयोध्याबाट आउने जन्ती र रामसीताको प्रतिकात्मक विवाह हेर्नको लागि लाखौँको सँख्यमा श्रद्धालुहरु जनकपुरधाम विश्राम लिएका छन् ।
योगीको सुरक्षाको लागि जनकपुरधामको सुरक्षा व्यवस्था मँगलबारदेखि नै कडा पारिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले गस्ती सहित सडक र गल्लीहरुको सुरक्षामा कडाई गरेको छ । पोशाक सहित सिभिल पोेशाकमा समेत भारी सँख्यामा प्रहरी परिचालन गरिएको छ । विवाहपञ्चमी महोत्सवमा मेलाको क्रममा उच्छृँगल गर्ने व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
योगीको लागि मँगलबार नै भारतबाट बुलेट प्रुफ गाडी मँगाइएको हो । उनको सुरक्षाको लागि नेपाली सेना सहित उनको आफ्नो कमाण्डोले सुरक्षा घेरा तगडा बनाउने छ भने माथिबाट समेत ड्रोन क्यामेराले सुरक्षा निगरानी गरिने जनाइएको छ ।
योगी आदित्यनाथ यसपाली विवाहपञ्चमी महोत्सवमा आउने भएपछि करिब ५ लाखको हाराहारीमा विभिन्न ठाउँबाट श्रद्धालुहरु जनकपुर आईपुगेका छन् । अयोध्याबाट हात्ति, घोडा, उँटमा जन्ती (बाराती) आउने भएपछि विवाहपञ्चमीको परापूर्वकालिन रुपरेखा दोहरिन लागेको भन्दै श्रद्धालुहरुमा उत्साह देखिएको छ ।
योगी भन्दा पनि अयोध्याबाट आउने जन्ती र रामसीताको प्रतिकात्मक विवाह हेर्नको लागि लाखौँको सँख्यमा श्रद्धालुहरु जनकपुरधाम विश्राम लिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…