जनकपुरको गँगासागरमा सीताको ‘मटकोर’
माता सीता (जानकीजी) लाई मधेशको विधि विधान अनुुसार सम्मान गरे ।

२०७५ मंसिर २५ मंगलबार, बेलुकी ५:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा जारी सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज (मँगलबार) सीताको मटकोर कार्यक्रम गरिएको छ । मधेशको विधिविधान अनुसार पवित्र गँगासागरमा आज सीताको मटकोर कार्यक्रम गरिएको हो ।
सोमबार तिलकोत्सव सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।
जनकपुरको गँगासागरमा सम्पन्न मटकोर कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, नेकपा नेत्री जुली महासेठ, विवाहपँचमी हेर्न बाहिरबाट आएका श्रद्धालु तथा स्थानीहरु सहभागी थिए ।
मटकोर कार्यक्रमलाई लिएर नित्य दिन बेलुका हुँदै आएको गँगा आरती समेत दिउँसै गरिएको हो ।
मटकोर कार्यक्रममा सहभागी हुुन प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले मटकोरको लागि जानकी मन्दिरबाट गँगासागरमा आएकी माता सीता (जानकीजी) लाई मधेशको विधि विधान अनुुसार सम्मान गरे ।

यसपालि विवाहपँचमीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनती (बराती) बनेर जनकपुरधाम आउने भएपछि विगतका वर्षको तुलनामा यसपटक बढी दर्शनार्थीहरु सहभागी भएका छन् ।

योगीसँगै विशिष्ट पाहुनाहरु यसपालिको विवाहपँचमीमा जनकपुरधाम आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…