मधेश सरकारद्धारा MBBS पढने ३ दलित विद्यार्थीलाई आर्थिक सहयोग
दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढने पहिलो व्यक्ति हुन

२०७५ मंसिर २५ मंगलबार, दिउँसो २:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन जना दलित विद्यार्थीलाई प्रदेश नं.२ को सरकारले आर्थिक सहयोग गरेको छ ।
छात्रवृतिमा नाम निकाली नेशनल मेडिकल कलेज विरंगजमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको आर्थिक सहयोग पाउनेहरुमा छिन्नमस्ता गाँउ पालिका वडा नं. २ बस्ने दिनेश मरिक डोम, सर्लाही इश्वरपुर नपा १ बस्ने रुकेश कुमार राम र प्रमोदकुमार राम रहेका छन ।
दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढने पहिलो व्यक्ति हुन भने रुकेश कुमार राम र प्रमोद कुमार राम दाजुभाई हुन ।
यसै बीच उपचार खर्चको आभावमा अपांग भएका महोत्तरी पिपराका शम्भू मिश्रलाई प्रदेश सरकारले उपचारको लागि ५० हजार उपलब्ध गराएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीहरुलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन । सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँल सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…