जनकपुरधाममा योगीको सवारी रुट तय , पार्किङ्ग पनि निषेध !
मुख्यमन्त्री योगीको टोलीका लागि विशेष रुट सार्वजनिक गरिएको छ

२०७५ मंसिर २५ मंगलबार, दिउँसो १२:५० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको ठुलो त्यौहारको रुपमा मनाउने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाम आउन लागेका भारतको युपी (उत्तर प्रदेश) राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको सवारी रुट तय गरिएको छ ।
भोली बुधबार (मँसिर २६ गते) विवाहपञ्चमी महोत्सवमा जन्ती (बाराती) को रुपमा सहभागी हुन लागेका मुख्यमन्त्री योगीको सवारी रुट अन्तर्गतको सडकमा गाडी गुडाउन तथा पार्किङ्ग समेत निषेध निषेध गरिएको छ ।
प्राचिन मिथिलाको राजधानी एवम् वर्तमान मधेशको अस्थायी राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ मनाइने महोत्सवमा मुख्यमन्त्री योगी संगै जनकपुर आउन लागेका विशिष्ट पाहुनाहरुका लागि निर्धारण गरिएको रुटमा एम्बुलेन्स, दमकल, प्रहरी तथा पास बाहेकका कुनै पनि सवारी साधन गुडाउन निषेध गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार भीआइपीको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै मंगलवार मध्यान्हदेखि पार्किङ्ग निषेध गरिएको गरिनेछ भने बुधवार बिहानैदेखि सवारी गुडाउन रोक लगाइएको हो ।
हवाई मार्गबाट बुधवार बिहान ११ बजेतिर जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीको टोलीका लागि विशेष रुट सार्वजनिक गरिएको छ ।
जनकपुरधाम एयरपोर्टबाट सिधा जानकी मन्दिर पुग्ने कार्यक्रम योगीको तय भएको छ । यस अन्तर्गत जनकपुरधाम विमानस्थल बाट मुरली चोक–विषहरा चोक–कदम चोक–भानु चोक–शिव चोक–जनक चोक–जानकी मन्दिर त्यसपछि पुनः जनक चोक, शिव चोक हुँदै – भानु चोक– मिल्स एरिया–मधेश भवन (जचुकालि) सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमी बाहविघा मैदानमा सहभागी भएपछि पुनः सोही मार्ग भएर जनकपुर विमानस्थल फर्किने कार्यक्रम तय भएको छ ।
योगीको टोली फर्किए पनि श्रद्धालुहरुको सुविधालाई दृृष्टिगत गर्दै बुधवार रातिसम्म रिंग रोड र भित्री सडकहरुमा सवारी गुडाउन तथा पार्किङ्ग गर्न नपाइने प्रहरीले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…