अयोध्याबाट रथ र घोडा चढी जनकपुरधाम आए जन्ती
भण्डारामा १ हजार १ मूर्ते साधुसन्तको सहभागीता रहने जनाइएको छ ।

२०७५ मंसिर २४ सोमबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमीको दुई दिन अगावै भारतको अयोध्याबाट जन्ती (बाराती) हरु आउन थालेका छन् ।
सोमबार दिउँसै भगवान रामको नगरी अयोध्याबाट सीताकी नगरी जनकपुरधाम रथ र घोडा चढेर पौराणिक अर्थात रामायणकालिन शैलीमा जन्ती आएपछि स्वागतको लागि जनकपुरवासी तैनाथ भए ।
भारतको युपी (उत्तर प्रदेश) को अयोध्याबाट घोडा एवम् रथ लिएर साधुसन्तहरु प्रतिकात्मक राम लक्ष्मणलाई सँगै लिएर जनकपुरधाम जन्तीको लागि पधारेका हुन्
। यसपाली हात्ति, घोडा, उँटबाट जन्ती पहिलेजस्तै जनकपुरधाम आउने भनिएपछि रथ र घोडा चढदै साधुसन्तहरु जनकपुरधाम जन्तीको हिसाबले आईपुगेका हुन् ।
कट्टर हिन्दुवादी नेता मानिएका युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्याको जन्तीलाई नेतृत्व गर्दै जनकपुरधाम आउने मिडियामा समाचार प्रकाशन प्रकाशित भएपछि उत्ताका श्रद्धालुहरु साधुसन्तहरुले आजैदेखी माता जानकीको दर्शनको लागि ललायित भए ।
त्रेता युगमा वर्तमान युपी राज्यको अयोध्या नगरी र नेपालको प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामकी माता सीताकी नगरी जनकपुरधाममा भगवान रामको विवाह भएको किम्दन्तीलाई प्रत्यके वर्ष मूर्तरुप दिँदै आएको छ ।
मुख्यमन्त्री योगी आउने भएपछि प्रदेश सरकारले उनको स्वागतमा भण्डाराको लागि समेत सम्पूर्ण तयारी पूरा गरेको छ भने भण्डाराको लागि पण्डाल निर्माण कार्य समेत सम्पन्न गरेको छ ।
भण्डारामा १ हजार १ मूर्ते साधुसन्तको सहभागीता रहने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…