विवाहपँचमीमा ३ तहको सुरक्षा, ड्रोनबाट भीड निगरानी
विगतका वर्षको तुलनामा यसवर्ष बढी दर्शनार्थी सहभागी हुने आकलन !

२०७५ मंसिर २४ सोमबार, दिउँसो १:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा हुँदै आएको ‘रामजानकी विवाह महोत्सव’का लागि यसपालि विशेष सुरक्षा व्यस्था मिलाइएको छ । आउँदो आगामी बुधबार हुन लागेको रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध गरिएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनै तहका सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापनका लागि परिचान गरिनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ३ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी झिकाइएको छ भने यसपाली नेपाल प्रहरीले ड्रोनबाट समेत भीडको निगरानी गर्नेछन् ।
यसपालि विवाहपँचमीमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । रामजानकी विवाह महोत्सवमा यसपाली नेपाल र भारतका चर्चित कलाकारहरुसमेत सहभागी हुँदैछन् ।
विगतका वर्षको तुलनामा यसवर्ष भने बढी दर्शनार्थी सहभागी हुने आकलन गरिएको छ । भीड व्यवस्थापनका लागि भीडमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…