बर्दिबासमा पहिलो पटक लाईसेन्सको परीक्षा सुरु, परीक्षार्थीलाई अबिर लगाएर सम्मान
कार्यालयले अहिले सम्म करीब २८ करोंड राजस्व संकलन गर्न सफल भएको छ ।

२०७५ मंसिर २२ शनिबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबास स्थित यातायात व्यवस्था सेवा कार्यालयले पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाईसेन्स) को लिखित परीक्षा लिइएको छ ।
शनिबार (आज) ८ बजे प्रथम पटक ट्रायल परीक्षा समेत लिएर लाईसेन्स वितरणको कार्य शुभारम्भ गरिएको हो । बर्दिबासबाट वितरण गर्न लागिएको लाइसेन्स सुविधामा दुई शिफ्ट पारेर हुने परीक्षामा २ सय ७३ जना परीक्षामा सहभागी हुँदै आएको बर्दिबास यातायात व्यवस्था सेवा कार्यालयका निमित प्रमुख पोषण थापाले जानकारी दिए ।
उनले भने, लिखित परीक्षा भएको कुरो ऑनलाइबाट देश भरी देख्न सक्ने व्यवस्था मिलाएका छौं । अर्को सप्ताहबाट परीक्षा दिने व्यक्तिको मोवाइलमा नै घण्टी बज्ने गरि आफु पास भएको वा नभएको बारे सेवा दिने र सोमवार सवारी चालक अनुमतिपत्र बितरण हुने छ ।
बर्दिवासमा २०७१ सालमा स्थापना भएको यातायात ब्यवस्था सेवा कार्यालयले अहिले सम्म करीब २८ करोंड राजस्व संकलन गर्न सफल भएको छ ।
प्रारम्भमा बाटो इजाजत नवीकरण, सवारी साधनको ब्लुबुक नवीकरण, सवारी जाँचपास सेवामात्र दिदै आएकोमा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सेवा थपिएपछि महोत्तरी, सर्लाही, सिन्धुली, रौतहट, रामेछापसम्मका सेवाग्राहीहरु यहाँ सेवा लिन आउने गरेका छन् ।
बर्दिवासस्थित यातायात कार्यालयलाइ पछिल्लो पटक दैनिक १०० थान सवारी चालक अनुमतिपत्र जारी गर्न यातायात व्यवस्था बिभागले अनुमति दिएको छ । प्रथम पटक परीक्षामा सहभागी भएका परीक्षार्थीहरुलाई अबिर लगाएर शुभकामना, बधाई एवम् शुभकामना समेत कर्मचारीहरुले दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…