कलाकार समाजलाई जोडने कार्य गर्छ : यादव
जनकपुरधाम, २७ मँसिर । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित भएका प्रदेश सभा सदस्य राम अशिष यादवले कलाकारिता क्षेत्रले समाज जोडने कार्य गरेको बताएका छन् । बुधबार दिउँसो जनकपुरमा नेपाल सुपर डान्सर रियलिटी शोलाई उद्घाटन गर्दै यादवले कलाकारलाई

२०७४ मंसिर २७ बुधबार, दिउँसो १:३५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २७ मँसिर ।
हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित भएका प्रदेश सभा सदस्य राम अशिष यादवले कलाकारिता क्षेत्रले समाज जोडने कार्य गरेको बताएका छन् ।
बुधबार दिउँसो जनकपुरमा नेपाल सुपर डान्सर रियलिटी शोलाई उद्घाटन गर्दै यादवले कलाकारलाई देशको गौरवको सँज्ञा दिए ।
कलाकारिता क्षेत्रलाई अघि बढाए समाज विकासमा टेवा पुग्ने, विभिन्न विकास कार्यमा टेवा पुग्ने थपे ।
उनले भने, साहित्य, कला, सँगित, सँस्कृतिमा सँस्कार विना मनुष्य पशु समान हुन्छ ।
मैथिली सँस्कृति र सँस्कारलाई बरकरार राख्नको लागि बढदो पश्चिमी सभ्यता र सँस्कृतिलाई परास्त गर्नु अति आवश्यक रहेको बताए ।
कार्यक्रममा अतिथीको आसनबाट बोल्दै एनप्याबसनका अध्यक्ष चन्द्र नारायण मण्डलले विद्यार्थीको सर्वाँगीन विकासको लागि कला अति आवश्यक भएको हुनाले सम्पूर्ण जनसमुदाये बिशेष ध्यान दिनु आवश्यकता औल्याए ।
अहिलेको युगमा विद्यार्थीलाई गुण किताबी ज्ञान मात्र नभएर चौतर्फी विकासको लागि विभिन्न कला क्षेत्रमा पनि आफनो सहभागीता जनाउनुपर्ने थपे ।
अडिसनको उद्घाटन कार्यक्रममा आफनो शब्द राख्दै मिथिला एवम् नेपालकै बरिष्ठ गायक रामा मण्डलले गीत सँगित र कलाकारिताको माध्यमले समाजलाई विभिन्न जातपातलाई एउटै धागोमा बाँधीन सकिने बताए ।
यता, आयोजक समितिका सदस्य एवम् युवा गायक रँजित कुमार शर्माले कला क्षेत्रको विकासको लागि यो शोको आयोजना प्रथम पटक जनकपुरमा गरिएको बताए ।
नेपाल सुपर डान्सर रियलिटी शोमा छात्रछात्रा, बालबालिका सहित युवायुवति गरी तीन दर्जन डान्सरहरुले सहभागिता जनाएको छ ।
ती सहभागीहरुले अडिसनमा मैथिली, नेपाली र अँग्रेजी गीतमा आफनो कला प्रस्तुत गर्न सकिने आयोजक समितिले जनाएको छ ।
जनकपुरपछि अन्य विभिन्न शहरमा पनि अडिसन हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…