भूमाफिया जनकपुरका महन्थ काठमान्डौँमा पक्राउ, भोली जनकपुर ल्याउने
न्यूज ब्यूरो, जनकपुरधाम । गुठीको जमिन अवैद्यानिक विक्रि गरी फरार रहेका जनकपुरका एक महन्थ काठमान्डौँबाट पक्राउ गरिएको छ । जनकपुरधामको रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दासलाई राजधानीको पुतली सडकस्थित तिरुपति होलि डे इन (गेस्ट हाउस) बाट महानगरीय प्रहरीे अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका आठ बजे

२०७५ मंसिर १९ बुधबार, राति ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गुठीको जमिन अवैद्यानिक विक्रि गरी फरार रहेका जनकपुरका एक महन्थ काठमान्डौँबाट पक्राउ गरिएको छ ।
जनकपुरधामको रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दासलाई राजधानीको पुतली सडकस्थित तिरुपति होलि डे इन (गेस्ट हाउस) बाट महानगरीय प्रहरीे अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका आठ बजे उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दासलाई अहिले काठमाडौंको टेकुस्थित महानगरीय हिरासतकक्षमा राखिएको छ । दासलाई बिहीबार धनुषा जिल्ला अदालतमा हाजिर गराउन जनकपुर लगिनेछ ।
सरकारी कागज किर्ते अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका उनी केही दिनअघिदेखि काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।
राजनीतिक संरक्षणको खोजीमा उनी राजधानी आएका थिए । नक्कली लालपुर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बिक्री गरेका उनीविरुद्द सरकारी कागज किर्ते गरेको अभियोग लागेको छ ।
[दनेपालटपको सहयोगमा]
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…