स्वतन्त्र मधेश गठबन्धनका जिल्ला सँयोजक रिहा, राउतको बहस भोली
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला सँयोजक आज रिहा भएको छ । ११ हजार रुपैयाँ घरौटीमा रिहा भएका जिल्ला सँयोजक सुरेन्द्र मधेशी विगत कैयौँ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने उनलाई समेत राज्य विरुद्धको संगठित अपराधको मुद्दा लगाइएको हो । उनलाई धरौटीम

२०७५ मंसिर १९ बुधबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला सँयोजक आज रिहा भएको छ ।
११ हजार रुपैयाँ घरौटीमा रिहा भएका जिल्ला सँयोजक सुरेन्द्र मधेशी विगत कैयौँ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने उनलाई समेत राज्य विरुद्धको संगठित अपराधको मुद्दा लगाइएको हो ।
उनलाई धरौटीमा रिहा गरेपछि स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरु खुसियाली मनाएका छन् । उनीहरुले सत्यको जीत भएको बताएका छन् ।
यता, २ महिनादेखि प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि पुनः विहिबार रौतहट जिल्ला अदालतमा बहस हुने भएको छ ।
बुधबार दिउँसो राउतको मुद्दामा बयान सकेपछि भोली बिहिबार मँसिर २० गतेको लागि बहस हुने र राउत पनि उपस्थित हुने जनाइएको छ । राउत उपस्थित हुने भएपछि उनका समर्थकहरु समेत मोटो सँख्यामा उपस्थित हुने गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।
गत असोज २१ गतेदेखि नै डा. सिके राउत प्रहरीको हिरासतमा रहेको छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…