सिरहामा २ दुर्घटना, २ को मृत्यू, २ घाईते !
न्यूज ब्यूरो, सिरहा । सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । शनिबार पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको हो । अन्य दुईजना भने घाइते छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ जुलेवीमा ना ६ त ४१८४ नम्बरको ट्रयाक्टरको ठक्करबाट जुलेवीका ८० वर्षीया कृष्णमाया ख

२०७५ मंसिर १६ आइतबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । शनिबार पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको हो ।
अन्य दुईजना भने घाइते छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ जुलेवीमा ना ६ त ४१८४ नम्बरको ट्रयाक्टरको ठक्करबाट जुलेवीका ८० वर्षीया कृष्णमाया खतिवडाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, धनगढीमाई नगरपालिका–९ पुल्चोकमा ना १ ज ६९३५ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सुखीपुर नगरपालिका–१० का २१ वर्षीय मनिक रामको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाकलमा सवार धनगढीमाई–९ मुसहर्नियाका २९ वर्षीय सन्तोष सदाय र म्याजिकमा रहेका गोलबजार नगरपालिका–६ का २८ वर्षीय शत्रुधन साह घाइते भएका छन् ।
घाईते दुबैको उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…