सुनसरीमा ईन्काउण्टरको अधिकारसहित सादा पोसाकमा 'खुफिया दस्ता' परिचालित
सुरक्षाकर्मीको आवश्यकता परेको खण्डमा काउण्टरमा उत्रन सक्ने

२०७५ मंसिर १६ आइतबार, बिहान १०:२१ बजे३ मिनेट पढाइ
चन्दन रौनियार, सुनसरी । सुनसरी प्रहरीले जिल्लामा बढ्दो सुरक्षा थ्रेटलाई मध्यनजर ‘गोली चलाउने’ (इन्काउन्टर) को अधिकार सहित बिशेष प्रहरी टोली परिचालन परिचालन गरेको छ ।
सुनसरीमा दुई महिनाको अवधीमा अज्ञात समूहको गोली प्रहारबाट दुई हाईप्रोफाईल हत्यासँगै साना हतियारको तस्करीका एकपछिको अर्को घटनाले जिल्लाको शान्ति सुरक्षाको विषय प्रहरी प्रशासनका लागि टाउको दुखाई बन्न पुगेको छ ।
असोज ४ गते दिनदहाडै हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा मुस्लिम अगुवा खुर्शिद आलममाथि गोली प्रहार हुँदा घटनास्थलमै उनको ज्यान गयो । सो घटनाको अनुसन्धान टुङगो नलाग्दै ६१ दिनपछि दुहवी नगरपालिका ९ छाताबेलीका फिदा हुसेन उपर मंसिर ५ गते विहान गोली हानियो र उनको समेत ज्यान गयो ।
दुवै हत्याका घटनामा अपरिचित समूहले गोली प्रहार गरेर फरार भए । फिदा घटना ताजै छ र जुन अनुसन्धानकै चरणमा छ । प्रहरीले फिदा हुसेन हत्याकाण्डसँग जोडिएका विविध पक्षको सूक्ष्म अनुसन्धानलाई जारी राखेको बताएको छ ।
उता हुसेन हत्या पूर्व भुटाहामा आलमको गोली हानी हत्या भएको घटना अनुसन्धानको निचोड नजिक पुगेको बताउँने प्रहरीले हत्यारा भने पक्राउ गर्न सकेको छैन् ।
यसैबीच प्रहरीले जिल्लामा बढ्दो सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै खुफिया दस्ता परिचालन गरेको छ । विशेष तालिम प्राप्त दस्तामा हतियारसहित ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मी जिल्लाका सुरक्षा संवेदनशिल क्षेत्रहरुमा परिचालित गर छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…