इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते
चितवन, २७ मंसिर : चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी

२०७४ मंसिर २७ बुधबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

चितवन, २७ मंसिर : चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार मंगलबार इँटाभट्टामा सो घटना भएको थियो । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।
अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…