मधेशको आजादी अभियानमा सरिक हुनु न्यायसंगत हुन्छ : प्रवक्ता खानं
आफ्नो मानसम्मान ,पहिचान र अस्तित्वको लागि संघर्षगरि रहेका छन ।

२०७५ मंसिर १४ शुक्रबार, बिहान ९:५५ बजे३ मिनेट पढाइ

आजादी, स्वतन्त्रता मानवको नैसर्गिक अधिकार अर्थात प्राकृतिक हक अन्तरर्गत पर्दछ । यसबाट विमुख हुनु र गराउनु फगत आफ्नो भौतिक अस्तित्वलाई गुमाउनु हो ।
मानव भएर यस पृथ्वीमा जन्मलिसकेपछि नगरिकताको प्रमाणपत्र अर्थात नागरिक हुनु उसको मूलभुत अधिकार हो ।
त्यस्तो अधिकारबाट वंचित गराउनु मानवता माथी ठाडो धावा बोलनु हो । यो दुनियामा जहां कहीं जो जन्मनछ । बसोवास गर्छ, उसले चाहेको हकमा त्यहांको नागरिकहुन पाउनुपर्छ । यहि सत्यहो,यही न्याय हो ।
मधेश यस्तो ठाउँछ जहां सैकडो वर्ष देखि बसोवास गरे पनि नागरिकताबाट वंचित छ । अर्थात् अनागरिकभएर बांचीरहेका छन , तिनिहरुको गडना दुनियाँको मानव तथ्यांकमा छैन । यो भूमी नेपालको महाभारतिय वर्वत शृङ्खलाको दक्षिण तर्फ नेपाल भारतको दशगजा देखि उत्तरतर्फ,पूर्वामा मेची नदी र पश्चिममा महाकाली नदिसम्मा आयतनको आकारमा फैलिएर रहेकोछ ।
यहांका मानिसहरु भारतियहरुसंग मिलदाजुल्दाछन तर, आफुलाई भारतिय ठान्दैनन, नेपालीहरु नेपाली मान्ना तयार मुस्किलले हुन्छन । तिनीहरु नो मेन्स लेण्डमा जस्तै बसोवास गर्न बाध्छन । यिनीहरु सदियो देखि आफ्नो मानसम्मान ,पहिचान र अस्तित्वको लागि संघर्षगरि रहेका छन ।
कति बलिदानी दिसकेकाछन।यो भूमि वैज्ञानिक आधारमा पनि १ करोड १० लाख पुरानो अगरिम मानवको अवशेष यहि भूमिबाट प्राप्तभएको प्रमाण छ । त्यसकारण हामी सजिलै भन्न सक्छौ कि मानवको विकाश मात्र होईन मानवको उत्पति समेत यहिंबाट भएको छ ।

यस भू खण्डमा प्राचिन्तक राजा महराजाहरुको दरबारको नाम र अवशेष अझै देखन र सुन्ना सकिन्छ, जस्तै राजाविराटको नामबाट विराटनगर, राजा जनकको दरवार, राजा शल्हेसको गहबर, सिमरौनगड दरवार, राजा सिद्धोधनको दरबार, मुकुन्दसेनको दरबार, थारु राजा दंगिसरणको दरबार, कंचनपुरमा दिलिपसिहंको दरबार आदि समय कालखण्डमा यो भू भाग पेण्डुलम जस्तै भएको थियो |
धेरै भाग भारतमा समाहितभयो तर त्यहां भारतको उपनिवेशिक शासनभएन,उनिहरु सहजै भारतियभएर समाहित भए, नेपालमा २०० वर्ष यता अंग्रेजहरुले भोगचलनको लागि दिएरगए त्यतिवेला देखि मधेशमा नेपालीहरुको उपनिवेशिक शासन भयो ।
यिनिहरु वारम्बार आफ्नो अस्तित्वमा आउन आवाजहरु उठिरहे शासकको दमनले गर्दा आवाजहरु कुण्ठित हुदै गए, जहां उपनिवेश हुन्छ, दास्ता हुन्छ त्यहां आजादीको विकल्प हुदैन ।
पछिल्लो दशकहरुमा नेपाली पहाडीहरु भारि सँख्यामा यो भुमिमा अप्रवाशन गरि आएर बसेका छन । अहिले उनिहरु मधेशी आफुलाई स्विकारि सकेका छन भने, किन कि जब अमरिकाको नागरिकता लिएर अमरिकन हुन्छन, जापानमा जापानी हुन्छन, अष्ट्रेलियामा बसेर अष्ट्रेलियन बन्छन भने मधेशमा पनि मधेशी स्विकार छन भने मधेशको आजादी अभियानमा सहयोग गरि ईतिहासलाई निरन्तरता दिनुपर्छ ।
भारतिय आजादि अभियानमा अंग्रेजहरु प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकै हुन, बंगलादेशको स्वतन्त्रतामा पाकिस्तानी र भारतियहरु पनि सहयोग गरेकै हुन, त्यसतै अब मधेश पनि आजादि आन्दोलनमा छ ।
यसमा पनि पहाड भूभागमा बस्ने नेपालीहरु सहयोग गरि सत्य र न्यायको साथ दिनुपर्छ किन कि मधेश माथि नेपाली शासन गैर न्यायिक हो, प्रमुख आजादी अभियन्ता डा. सि के राउतलाई नानाथरिको गालिगलौचं, डर, धम्की र तरास देखाउनु भन्दा सहि र गलतको ख्याल गर्नुपर्छ ।
मधेशको भूमि नेपाली, गोर्खालीहरु जितेका हैनन , भोगचलन अर्थात लिजमा दिए जस्तै नेपाललाई अंग्रेजले दिएको हो, अब मधेशीहरु आफ्नो देश चलाउन सक्षम भईसकेका छन, अब एउटा संधि समझौता मार्फत नेपालले आफ्नो शासन प्रशासन फिर्ता गरि मधेशलाई सदाकोलागि स्वतन्त्र हुनमा सहयोग गरिनु पर्छ ।
अब्दुल खानं
प्रवक्ता
स्वतन्त्र मधेश गठबन्धन
मो. ९८०७४८६६५५
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…