जानकी मन्दिर चाँडै विश्व सम्पदामा सूचिमा सूचिकृत हुन्छ : मुख्यमन्त्री राउत
निर्माण कम्पनीलाई असार मसान्त भित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

२०७५ मंसिर १३ बिहीबार, बेलुकी ६:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले जनकपुरधामको जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सुचिकृत गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजनाको विहिबार एक विशेष समारोह बीच शिलान्यास गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
सौन्दर्यीकरणको लागि वैदिक विधी अनुरुप शिलान्यास गर्दै मुख्यमन्त्री राउतले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउन प्रदेश सरकारले हरेक प्रकारका भूमिका खेल्ने उल्लेख गरे ।
जानकी मन्दिरको विकासको लागि ८ करोर मात्र नभई आवश्यक जति सुकै लगानी गर्न आफुहरु तैयार रहेको प्रतिबद्धता समेत जाहेर गरे । ५१ जना पण्डितहरुको मन्त्रोचारणका साथ मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास गर्दा हिन्दु धर्मविधि अनुसार ५१ जना पण्डितका साथै २१ जना महिलाहरुले मन्त्रोचारण र कलश सहित स्वागत गरेका थिए ।
प्रदेश सरकारले आफनो विकास योजना विश्वभरिकै हिन्दुहरुको आस्थाको केन्द्र तथा मुलुककै धरोहर जानकी मन्दिरबाट शुरु गरेको बताउँदै उनले जानकी मन्दिरबाट शुरु भएको प्रदेश सरकारको विकास योजना प्रदेश भरि नै गतिशिल रुपमा अगाडी बढने र यसमा कुनै पनि बाधा अवरोध नहुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतले जानकी मन्दिरको सौन्दर्यीकरणले जनकपुरको विकासका साथै लाखौ पर्यटकलाई ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आर्थिक उर्पाजनका साथै प्रदेशकै समृद्धिमा योगदान पुरयाउने बताए ।
जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, मठियानी मठका महन्थ जगन्नाथ दास, भारतीय वाणिज्यदुतावास विरगंजका जनरल काउन्सलर विसी प्रधान, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभाका सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।

जानकी मन्दिर सौन्दर्यीकरण योजनाको ठेक्का परेरा जेभीले साकार गरेको छ । निर्माण कम्पनीलाई असार मसान्त भित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
पहिलो चरणको योजना अन्तर्गत जानकी मन्दिर परिसरमा टायल्स, ग्रिनाइट, अउण्डर ग्राउण्ड नाला र तीनै तिरको मुलद्वार निर्माण गर्ने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…