रहेनन् प्रसिद्ध गायक 'मो.अजिज' !
एजेन्सी, भारत । भारतको प्रसिद्ध गायकहरुमध्ये एक रहेका मो. अजिजको मँगलबार निधन भएको छ । १९ हजार भन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिएका गायक अजिजले ६४ वर्षको उमेरमा आफ्नो अन्तिम साँस लिएका हुन् । ९० दशकको सबभन्दा लोकप्रिय गायक अजिजलाई मानिन्छ । ऐ मेरे दोस्त लौटके आजा, विन तेरे जीन्दगी अधुरी है , आजकल

२०७५ मंसिर १२ बुधबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

एजेन्सी, भारत । भारतको प्रसिद्ध गायकहरुमध्ये एक रहेका मो. अजिजको मँगलबार निधन भएको छ ।
१९ हजार भन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिएका गायक अजिजले ६४ वर्षको उमेरमा आफ्नो अन्तिम साँस लिएका हुन् । ९० दशकको सबभन्दा लोकप्रिय गायक अजिजलाई मानिन्छ ।
ऐ मेरे दोस्त लौटके आजा, विन तेरे जीन्दगी अधुरी है , आजकल कुछ भी याद रहता नही, आजा सनम, एक राजा है एक रानी और क्या जीन्दगानी है , अपने ये आंशु हाय कहाँ मै छुपाउ , तेरा गम अगर न होता तो शराब मैना पिता जस्ता हजारौँ हिट गीतहरु उनले गाएका हुन् ।
सन् १९५४ जुलाई २ मा पश्चिम बँगलाको अशोक नगरमा जन्मेका मो. अजिजको सोमबार राती कोलकत्तामा शो को कार्यक्रम रहेको थियो । सोमबार दिउँसो एयरपोर्टमा आउने वित्तिकै उनको स्वास्थ्य अवस्था विग्रेको उनकी छोरीले बताइन् ।
एयरपोर्टमा आएर गाडीमा बसेपछि उनले आफ्नो स्वास्थ्य अवस्था ठिक नरहेको बताएपछि नजिकैको नानाबटी अस्पतालमा उनलाई भर्ना गरियो ।
केही समयपछि चिकित्सकहरुले चेकजाँच गर्दा उनलाई हार्ट अटैक (हृदयघात) भएको बताएका थिए । त्यसै बेला चिकित्कसहरुले उनलाई मृत घोषित गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…