भारतीय गृहमन्त्रीको विवाहपँचमीमा जनकपुर भ्रमण रद्द, योगी आउने ?
मुख्यमन्त्रीको स्वागतको लागि तयारी गरिरहेका छौँ : कानुनमन्त्री

२०७५ मंसिर १२ बुधबार, बिहान ८:४० बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाहपँचमी महोत्सवमा जनकपुरधाम आउने भनिएको भारतीय गृहमन्त्री राजनाथ सिँहको जनकपुरधाम भ्रमण लगभग रद्द नै भएको बताइएको छ ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले भारतीय गृहमन्त्री तथा भारत उत्तर प्रदेशका मुख्यमन्त्री सँगै आउने कार्यक्रम रहेपनि मुख्यमन्त्रीको तय भईसकेको छ भने गृहमन्त्रीको जनकपुरधाम आउने कार्यक्रमको औपचारिक पुष्टि अझ भइनसकेको बताए ।
भारतीय गृहमन्त्री राजनाथ सिँह र भारत उत्तर प्रदेश (युपी) का योगी आदित्यनाथ सँगै आउने कार्यक्रम रहेपनि योगीको कार्यक्रम टुँगो लागेपनि गृहमन्त्रीको बारेमा अझै अपुष्टि रहेको बताए ।
भारत सरकारको लगानीमा सुरु हुन लागेको जयनगर जनकपुरधाम कुर्था खण्डको ब्रोडगेल रेललाई मुख्यमन्त्री योगी आदित्यनाथले उद्घाटन गर्ने कार्यक्रमको बारेमा विस्तारित छलफल भईरहेको मन्त्री यादवले बताए ।
मन्त्री यादवले भने, "कार्यतालिका पूर्ण रुपमा बनाएको छैनौ, एक साता अगाडी कार्यतालिका सार्वजनिक गर्नेछौं । मुख्यमन्त्री योगी ज्यूको रेल्वे उदघाटन गर्ने कार्यक्रमको छलफल भईरहेको छ तर अहिले कार्यतालिका भने तय भइनसकेको अवस्था छ । अहिले गृहमन्त्रीको आउने कुरा ओके भईसकेको छैन र रद्द भइसकेको अवस्था पनि भइसकेको छैन । मुख्यमन्त्रीको स्वागतको लागि तयारी गरिरहेका छौँ ।"
त्रेताकालिन युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जगत जननी माता सीताको विवाह भएको स्मरणमा त्यही विधि अनुरुप अहिलेसम्म जनकपुरधाममा प्रत्येक वर्ष विवाहपँचमी महोत्सव मनाइदै आएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…