योंग टाईगरलाई एक्सन कट सिकाउँदै निर्देशक 'सम्राट'
न्यूज ब्यूरो, जनकपुरधाम । युवा निर्देशक श्रवण सम्राटले भोजपुरी भाषाको चलचित्र ‘देवराज एक अनोखा कहानी’ निर्माण सुरु गरेका छन्। भोजपुरी कलाकार योङ टाइगर सञ्जय श्री र पञ्जाबी नायिका पल्लवी महराको मुख्य भूमिका रहेको सो चलचित्रको बीरगञ्जमा छायाँकन भइरहेको छ ।बीरगञ्जका साथै सीमा क्षेत्रका भारतीय शहरहरुका

२०७५ मंसिर १० सोमबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युवा निर्देशक श्रवण सम्राटले भोजपुरी भाषाको चलचित्र ‘देवराज एक अनोखा कहानी’ निर्माण सुरु गरेका छन्।
भोजपुरी कलाकार योङ टाइगर सञ्जय श्री र पञ्जाबी नायिका पल्लवी महराको मुख्य भूमिका रहेको सो चलचित्रको बीरगञ्जमा छायाँकन भइरहेको छ ।बीरगञ्जका साथै सीमा क्षेत्रका भारतीय शहरहरुका दृष्य देखाइने फिल्म आगामी वैशाख १२ गते भारतकै युपी, विहार राज्यहरुमा रिलिज हुने निर्देशक सम्राटले जानकारी दिए।

चलचित्रमा यसराज (दीपक) , आर्या भाई, रोहित रजक, राज शाह लगायतका कलाकारले अभिनय गर्दैछन्।
आइस्टार इन्टरनेशनल फिल्मसको ब्यानरमा निरञ्जन सुहानाको कथामाथि प्रकाश वाग्लेको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशनमा सो चलचित्र बन्न लागेको हो।
चलचित्रले भोजपुरी भाषीका साथै नेपाली र हिन्दी भाषी दर्शकलाई समेत पुर्ण मनोरञ्जन दिने निर्देशक सम्राटले विश्वास व्यक्त गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…