मधेश सरकारले अब आफैं कर्मचारी पनि भर्ना गर्ने !
संघीयता प्रति अपनत्व भएका युवाहरु प्रशासनमा नआएसम्म संघीयता कार्यान्वयन नहुने

२०७५ मंसिर १० सोमबार, बेलुकी ५:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकप्रधाम । प्रदेश २ मा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक बहुमतल पारित गरेको हो ।
प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकपा उभिए पनि नेपाली काँग्रेस विधेयक प्रति समर्थन जनाएका छन् । यस अघि विधेयकमाथि उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री लालबाबु राउतले करार सम्बन्धि विधेयक रहर नभएर बाध्यता रहेको बताउनुभयो ।
कर्मचारी अभावमा आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा पनि बजेट खर्च हुन नसकेको जिकिर उहाँले अगामी दिनमा हुन सक्ने थप संकटलाई टार्न विधेयक ल्याउनु परेको जवाव दिनुभएको हो ।
संघीयता प्रति अपनत्व भएका युवाहरु प्रशासनमा नआएसम्म संघीयता कार्यान्वयन नहुने उल्लेख गर्नु हुँदै उहाँले प्रदेश सरकारले गर्ने युवाहरुकोभर्ना संघीयतालाई बलियो बनाउन थप मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…