विवाहपंचमीको तैयारीमा जुट्यो प्रदेश सरकार
मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहाँसिक बनाउन लागि परेको

२०७५ मंसिर ९ आइतबार, बिहान ९:४९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको प्रदेश सरकारले महोत्सवको तैयारी सरकारी स्तरबाट तीब्र पारेका छन ।
जानकी मन्दिर संगको सहकार्यमा प्रदेश सरकारले महोत्सवको तैयारी शुरु गरेका हुन । महोत्सवको तयारी बारी जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री लालबाबु राउत आफै कार्यक्रमहरु स्थलहरुको निरिक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोलन , विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लाल किशोर साह। सुरक्षा निकायका प्रमुखण् सहितको टोलीले स्वयंम्बर स्थल रंग भूमि मैदान, जानकी मन्दिर परिसर सहितको स्थलगत निरिक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री राउतले विवाहपंचमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डिआइजी हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरु संग सुरक्षा व्यवस्था बारे छलफल समेत गर्नु भएको छ ।
यस वर्षको महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहाँसिक बनाउन लागि परेको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी मंसिर २६ गते जनकपुरधाम आई जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजन हुने स्वयंम्बर कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम रहेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…